काठमाडौं । नयाँ बानेश्वर अगाडि आ,त्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सांसद् मोहनबहादुर बस्नेतले ब्यक्त गरेका छन्।
उनले आज फेसबुकमा मृ,त्युभएका आर्चायप्रति श्रद्धाञ्जली लेख्दै उनको परिवारका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका हुन्।
बस्नेतले आचार्यले संसद् भवन अगाडि आ,त्मदाह गर्नु दु:खद् भएको र आफू अहिले आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा ब्यस्त रहेकोहुँदा काठमाडौं आएर उनको परिवारले भेट्ने भन्दै लेखेका छन्।
प्रेम आचार्यजीका टुहुरा छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता सहित स्व. प्रेम आचार्यजी प्रती भावपुर्ण श्रद्धाञ्जली! परिवारजन, आफन्तजन र उहाँको निधनप्रती शोकाकुल सम्पुर्णमा गहिरो समवेदना!
नेपालको वर्तमान परिप्रेक्षका एक प्रतिनिधि पात्र एवम् पीडित व्यवसायी प्रेम आचार्य जीले संघीय संसद् भवन अगाडि कारुणिक रुपमा आत्मादाहाको प्रयास गर्नु एक दुःखद् घटना संगै हामीलाई जनजिविकाका हरेक आयामहरुमा जिम्मेवार हुनको निमित्त सुसूचित गराउनु हो । अहिले म आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-२ का विभिन्न विद्यालय लगायतका विभिन्न स्थलहरुमा वार्षिकोत्सब र ल्होछार विशेष कार्यक्रममा व्यस्तताका कारण स्वर्गीय आचार्यजीका परिवार र आफन्तजनलाई प्रत्यक्ष भेट्नको लागि उपस्थित हुन सकिरहेको छैन ।
काठमाडौं आउना साथ उहाँहरुलाई भेट्ने नै छु तर अहिले यस विज्ञप्ति मार्फत प्रतिनिधि सभा सदस्य, पुर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसको एक सिपाहीको हैसियतले आचार्यजीको पारिवारिक परिदृष्य र देशको वर्तमान माननीय गृहमन्त्री रवि लामिछाने ज्युले पिडित परिवार र आफन्तहरु संगको भेटका क्रममा छोरीहरुको पठनपाठन सम्बन्धमा उहाँहरुका आग्रहलाई वेवास्था गर्नुभएको लाईभ भेटघाटको भिडियो सामाग्रीलाई मध्यनजर गर्दै उहाँका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता जाहेर गर्दछु ।
जहाँ पीडा हुन्छ, जहाँ दु:ख पर्छ, जहाँ आपत्ती र विपत्ति पर्छ त्यहाँ हरेक समस्याहरुलाई सम्बोधन गर्ने मेरो आफ्नो पहिचान संगै बाल्यकाल देखिका समाजसेवाका क्रियाकलाप, कोरोना, बाढी, पहिरो,भुकम्प, आगजनी, हुरीबतास जस्ता विपत्तिमा गरिएका कार्यहरु लगायत ३२ वर्षको निशुल्क कोचिङ कक्षा संचालनको ईतिहासलाई साक्षी राख्दै आचार्यजीको दुःखद् निधनप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदनाको साथमा दु:खको घडीमा सहयोगका खातिर टुहुरा छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने घोषणा गर्दछु । जय नेपाल! मोहन बहादुर बस्नेत ।