स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले आफूले आइसियूमा बिरामी भेटेको भिडिओ कस्ले खिच्यो भन्नेबारे जानकार नभएको बताएकी छन्। भिडिओबारे आफू जानकार नभए पनि राज्यमन्त्री कार्कीले बिरामी वा बिरामीको अभिभावकको अनुमतिबिना आइसियूभित्र भिडिओ खिच्न नपाइने बताएकी छन् ।

अस्पतालको आईसीयूमा रहँदा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की त्यहाँ पुगेर बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गत मंगलबार आफैलाई आगो लगाएरका इलामका प्रेमप्रसाद आचार्यलाई भेट्न त्यही साँझ राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुगेकी थिइन् ।

अस्पतालको आईसीयू निकै संवेदनशील क्षेत्र हो। बिरामीको अवस्था हेरी अनुमति लिएर तथा प्रोटोकल पूरा गरी आईसीयूमा छिन त पाइन्छ, तर त्यहाँ पुगेर गम्भीर अवस्थाको बिरामीसँग अनावश्यक कुराकानी गर्नु र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा ‘स्टन्ट’ गर्नु अक्षम्य अपराध भएको भन्दै आलोचना शुरू भएको थियो।

तर त्यसको केहीबेरमै उनी बिरामीलाई भेट्न केही क्यामेरावालासहित आइसियुमा छिरेको भिडिओ बाहिर आएपछि सो कुराको आलोचना भएको थियो। भिडिओबारे आफू जानकार नभए पनि राज्यमन्त्री कार्कीले आइसियूभित्र भिडिओ खिच्न नपाइने बताएकी छन्।

हाम्रो कुनै पनि आधिकारिक पेज वा ह्यान्डलबाट भिडिओ आएको छैन। हाम्रो सचिवालयले पनि त्यसरी खिच्नुभएको छैन, राज्यमन्त्री कार्कीले भनिन्, म आफ जनरल सर्जन भएकाले आइसियूको प्रोटोकलहरू थाहा छ। त्यसैले मैले कुनै पनि नियम उल्लंघन नगरेको जिकिर गरिन।

आईसीयूमा जाँदा लगाउने एप्रोन, मारक, खोल्नुपर्ने जुत्ता लगायतका विषय पालना गर्नुभएको देखिन्छ । त्यसरी हेर्दा उहाँले प्रोटोकल ने उल्लंघन गरेको चाहिँ भन्न मिलेन, डा. गौतमले भने, ‘उहाँ एउटा डाक्टरको हिसाबले जानुभएको हो कि जस्तो पनि देखिन्छ ।

उनले उक्त कुरा अस्पतालले नै ख्याल गर्नुपर्ने बताउँदै आफूले कोही पनि भिडिओ खिने मान्छे नलगेको बताइन् । कोही सर्वसाधारण वा बिरामीका आफन्तले ने उक्त भिडिओ खिचेको हुनसक्ने आशंका गरेकी छन्। सामाजिक सञ्जालमा अहिले मन्त्री कार्कीको चर्को आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here