काठमाडौं । आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको स्वास्थ अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । आचार्यको स्वास्थ्य अवस्था बुझ्न मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की कीर्तिपुर अस्पतालमा पुगेकी छिन् ।

मन्त्री कार्कीलाई जानकारी दिँदै अस्पतालका चिकित्सक डा. सुरेन्द्र जङ्ग बस्नेतले आचार्यको ८० प्रतिशत भाग जलेको बताए । यद्यपि उनी होसमा रहेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

राज्यमन्री कार्कीले उपचारमा कुनै कसुर नराख्न अस्पताललाई निर्देशन दिँदै भनिन्, ‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’

आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । उनले मंगलबार दिउँसो काठमाडौँको बानेश्वरमा आत्मदाहको प्रयास गरेका हुन् । इलाम घर भएका अन्दाजी ३६ वर्षका प्रेमप्रसाद आचार्यले आफूले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेपछि प्रहरीले उद्धार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here