काठमाडौं। टोकियोको एक अदालतले सुपरमार्केटमा चिप्लिएर ल’डेका एक ग्राहकलाई १ लाख ९० हजार डलर तिर्न सुपरमार्केट सञ्चालकलाई आदेश दिएको छ । सलादका रुपमा प्रयोग गरिने साग लेटिशबाट चुहिएको पानीका कारण भिजेको भुँइमा चिप्लिएर घाइते भएका ती व्यक्तिलाई सो रकम तिर्न अदालतले सुपरमार्केट सञ्चालकलाई आदेश दिएको हो।

टोकियोमा बस्ने ६० वर्षिय ती पुरुषले टोकियो जिल्ला अदालतमा सुपरमार्केट सञ्चालक विरुद्ध मुद्दा दायर गरेका थिए । ती व्यक्ति खानागावास्थित एक सुपरमार्केटमा पाँच वर्षअघि किनमेल गर्न गएका थिए । यस क्रममा उनी किराना सामान पाइने हिस्साको भुँइमा लडे । सो घ’टनापछि उनी अ’पाङ्ग भए अनि चिसो भुँइका कारण आफू चिप्लिएको भन्दै क्षतिपूर्ति माग गरी मुद्दा हाले।

भुँइ चिसो नभएको र ती व्यक्ति चिप्लो खालको चप्पल लगाएकोले चिप्लिएको भन्दै सुपरमार्केटले सो दाबीको खण्डन गर्दै आएको थियो । तखताबाट हरेक पटक ग्राहकहरुले रातो पात भएको लेटिश उठाउँदा यसमा भएको पानी भुँइमा चुहिने अनि भुँइ भिज्ने गरेको टोकियो जिल्ला अदालतका न्यायाधीस शिनादा युकिओले फैसला सुनाउने क्रममा भनेका छन्।

यस्तो हुन सक्छ भनेर सुपरमार्केट सचेत रहेको भएपनि नियमित रुपमा पुछ्ने जस्ता कदम चालेर समस्या सम्बोधन नगरेको उनले बताए । भुँइमा चिप्लेर अपाङ्ग हुन पुगेका ती व्यक्तिको आय गुमेको र अपाङ्ग हुनु परेको अवस्थाको क्षतिको पूर्ति गर्न पीडितलाई २ करोड १० लाख येन तिर्न युकिओले सुपरमार्केट सञ्चालकलाई आदेश दिएका छन् । यस मामिलामा सुपरमार्केट सञ्चालकले प्रतिक्रिया दिइ नसकेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here