काठमाडौ।मिना ढकाल जो कहिले गीत गाएर चर्चामा आउँछिन् त कहिले फिल्ममा अभिनय गरेर। कुनै समय व्यक्तिगत जीवनका कारण चर्चामा आएकी उनले बुटिक पनि सञ्चालन गरिन्। तर कोरोनापछि बन्द भयो। दुई सन्तानकी आमा मिना अहिले एक्लै छिन्। उनले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साटिन्।

म जन्मनुअघि ‘छोरा हुन्छ’ भन्ने लागेको रहेछ बुबालाई। तर २०३३ मा म जन्मिए। अस्पतालमा जन्मेकाले मेरो बुबालाई डाक्टर-नर्सले बच्चा साटिदिए कि भन्ने लागेछ। बुबाले यो कुरा पछिसम्म भनिरहनुहुन्थ्यो। एक वर्षको उमेर पुगेपछि मलाई मामाघरमा छाडियो। छोराछोरीहरू धेरै भएकाले मामाघर छाडिएको थियो।

पाँच वर्षसम्म मामाघर बसेँ। त्यसपछि कहिले घर, कहिले मामाघर आउजाउ भइरह्यो। यसले मेरो पढाई कहिले कता कहिले कता भइरह्यो। एसएलसी एक्कैचोटी कटाउन सकिन। अङ्ग्रेजी विषय लाग्यो। दोहोर्‍याएर परीक्षा दिएर पास भएकी हुँ।

सानैदेखि अरूभन्दा अलि फरक स्वभावको थिएँ। हक्की भएकाले सबै केटाहरू म देखि डराउँथे। उनीहरूले मलाई हेरे मात्रै भने पनि म किन हेरेको भनेर निहुँ खोज्थेँ। छुच्चो भएकाले मैल जति आमाबुबाको पिटाई अरू दिदीबहिनीले खाएनन् पनि।

त्यति बेला कोरिया जाने ट्रेन्ड चलेको थियो। पासपोर्ट बनेको थिएन, तर म कि कोरिया जान्छु, कि पुलिसमा भर्ना हुन्छु भनेर काठमाडौँ आएँ। मेरो काका प्रहरीमा हुनुहुन्थ्यो। उहाँ म भन्दा ७ वर्ष मात्रै जेठो। हवलदार हुनुहुन्थ्यो।

मेरो स्वभाव हक्की भएकाले वरपरकाहरु असईसाप भनेर जिस्काउँथे, म मक्ख पर्थेँ। तर सोचेजस्तो नहुने रहेछ। छोरी भनेर मैले कोरिया पनि जान पाइन, काकाले दुःख हुन्छ भनेर पुलिसमा भर्ना हुन पनि दिनुभएन। आइए दोस्रो वर्षमा सेन्टर चेन्ज गरेर काठमाडौँमा पढ्दै एक निजी कम्पनीमा काम गर्न थालेँ। त्यो कम्युनिकेसन सेन्टर थियो। मेरो पूर्व पति (मनोज गजुरेल) सँग त्यही कम्युनिकेसन सेन्टरमा भेट भएको हो।

म मेरो विवाहलाई प्रेम विवाह भन्न रुचाउँदिन, त्यो आकर्षण थियो। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठहरूको क्यासेट सुन्थ्यौँ हामी। त्यस्तै चक्का निकालेको केटोले मलाई फलो गरेको थियो। त्यसैमा म अल्झिएँ, र हाम्रो सम्बन्ध अघि बढ्यो। घरमा बिहेको कुरा चल्दा मैले बुबालाई मेरो केटा छ भनेर चिनाएँ। बुबाले भेट्न बोलाउनुभयो।

उ दाइहरूले मसँग बिहे गर्न नदिएको भनेर घरबाट निस्केको रहेछ। कहिले कता कहिले कता सुत्दै हिन्दोरहेछ। मेरो बुबासँग भेट हुँदा मैलो कपडा र जिङ्ग्रिङ्ग कपाल बनाएर आएको थियो। मेरो बुबा राजेश खन्ना, हिमा मालिनीको समयको हुनुहुन्थ्यो। बुबाले तेरो केटोको अर्को कपडा छैन भनेर सोध्नुभएको थियो।

मेरो परिवारको सहमति भए पनि उनको परिवारले मलाई स्वीकारेको थिएन। उनीहरू उपाध्याय बाहुन, म जैसी। मैले पकाएको समेत खाँदैनथे। मनोजको आमा र म दुवै भेजिटेरियन। तर उहाँले जैसी भनेर मैले पकाएको खानुहुन्थेन।
उपाध्याय र जैसीको बिहे भएकाले उनको परिवारको कुनै पनि सदस्य हाम्रो बिहेमा सहभागी भएनन्। उनका केही आरआर र अखिलका साथी मात्रै बिहेमा आए। मेरो परिवारबाट भने सबै हुनुहुन्थ्यो। गुह्येश्वरी मन्दिरमा हाम्रो बिहे भयो।

बिहे भएको एक वर्ष नौ महिनापछि म गर्भवती भएँ। मलाई त छिट्टो भएजस्तो लाग्छ तर उनको घर परिवारलाई भने बच्चा नहुने हो कि भन्ने पिर रहेछ। त्यसैले यही समय पनि उनीहरूलाई ढिला लागेको रहेछ। गर्भवती त भएँ, तर अन्य महिलालाई जस्तो वाकवाक आउने, रिँगटा लाग्ने केही भएन। घर परिवारले साथ नदिएकाले होला, मनोज त्यति बेला डिप्रेसन र एन्जाइटिको समस्या भोगिरहेका थिए। उनी सानोतिनो कुरामा पनि डराउने भएका थिए।

महिनावारी रोकिएपछि चेकअप गराएँ होला, तर त्यो त्यति याद छैन। एक्कैचोटी पाँच महिनाको हुँदा मात्रै पेटमा बच्चा चलेको याद आउँछ। प्याज गन्हाउँथ्यो। अरू सबै खान्थेँ। हामी साथीहरूसँग घुम्न गएका थियौँ। सार्वजनिक बसमा आउँदा पेटमा बच्चाले जोडले लात्ती हान्यो। पेट त कहिले दायाँ पुग्छ, कहिले बायाँ। मलाई त्यो समय सम्झँदा अहिले पनि डर लाग्छ।

अब पुराना दिन सम्झिएर हुने पनि केही हैन। तर सन्तानको याद भने खुबै आउँछ। अहिले छोरा र छोरी दुवै ठुला भएका छन्। दुवै बाउसँगै बस्छन्। म अहिले एक्लै बस्छु दुवै सन्तानलाई सम्झँदै। डाक्टरले पस १९ गतेको डेट दिएको थियो। त्यही दिन ढाँड दुखेर खप्नै नसक्ने भएँ। मलाई हेरचाह गर्न बहिनी आएकी थिइन्। रातभर ढाँड दुख्यो, तीन जना नै सुत्न सकेनौँ।

धोविधारामा बस्थ्यौँ, बिहान पाँच बजे नै ट्याक्सी बोलाएर अस्पताल गइयो। बागबजारमा भएको मोडल अस्पतालको ६ नम्बर बेडमा मलाई भर्ना गरियो। ढाड दुखे पनि तलको व्यथा लागेको रहेनछ। एकदमै गाह्रो भयो, अपरेसन गरिदेऊ भने डाक्टरलाई रिक्वेस्ट गरेँ। परिवारका सदस्यले अपरेसन गर्न मानेनन्। बरु थापाथली अस्पतालमा रिफर गर्न अनुरोध गरे। तर डाक्टरले रिफर गर्न मानेनन्। बरु अपरेसन गरिदियो। पहिलो बच्चा छोरा जन्माएँ। पुसको २२ गते बेलुकी आठ बजे मैले छोरा पाएँ। आज (यो अन्तर्वार्ता लिएको दिन) उसको जन्मदिन हो। तर उ अहिले मसँग बोल्दैन। कुरा गर्न चाहँदैन।

सासुले पनि मन नपराउने, जेठानी पनि आउनुभएन। बहिनीले खाना बनाएर दिन्थिन्, थाङ्ना पनि धोइदिन्थिन्। दूध खुवाउने काम मात्रै मैले गरेँ। अपरेसन गरेको सात दिनपछि म डेरा फर्किएँ। करिब एक महिनापछि बल्ल म माइती गएँ। छोरा जन्मेदेखि नै परिवारमा मनमुटाब सुरु भएको थियो। छोरा छोरो सानै हुँदा केही समयका लागि माइतीमै छाडेको थिएँ। काम सक्केपछि उसलाई फिर्ता ल्याएँ। तर छोराले मेरो ममीलाई नै ममी भन्न थालेको रहेछ। जतिखेरै ममी जाने भनेर रुन्थ्यो। मलाई नचिनेको देखेर निकै दुःख लागेको थियो।

एक पटक घरमा झगडा गरेर कसैलाई नभनी छोरो च्यापेर माइती हिँडेकी थिएँ। बाटोमा मेरो छोरो जस्तै उमेरको अर्को बच्चालाई ट्रकले किचेछ। त्यो समयमा पनि मेरो सातो गएको थियो। छोरो जन्मेको ६ वर्षपछि मेरो पेटमा फेरि अर्को बच्चा आयो। हाम्रो घर झगडा चरम अवस्थामा पुगेको थियो। उनी मलाई अर्कै केटोसँग लागेको भन्थ्यो, मलाई पनि उनीमाथि शङ्का थियो। त्यसैले म दोस्रो बच्चा जन्माउने पक्षमा थिइन।

सुरुमा बच्चा पेटमा आएको थाहै भएन। दुई महिनापछि मात्रै थाहा भयो। मिसक्यारेज हुने औषधी पनि खाएँ। उनैले ल्याएर दिन्थे। तर मिसक्यारेज भएन। एक जना ज्योति अग्रवाल भन्ने डक्टरकोमा एबोर्सनका लागि गइयो। उनले तीन महिना कटिसक्यो, अब त छोरा र छोरी छुट्टिने बेला भइसक्यो भनिन्। मैले छोरा छ कि छोरी भनेर मैले सोधेँ। उनले छोरा र छोरी के हो भन्ने थाहा पाउन १० हजार चाहिन्छ भनिन्। १४ हजारमा त अपरेसन गरेर छोरा नै जन्माएको थिएँ। किन एबोर्सन गर्नु भन्ने भयो।

दोस्रो बच्चा ८ महिनामा जन्मिइन्। पहिले अपरेसन गरेकै ठाउँमा चिरेर बच्चा निकालिने रहेछ। पहिलो बच्चाको समयमा पुरै बेहोस थिएँ, दोस्रो बच्चा जन्माउँदा आधा शरीर मात्रै बेहोस बनाइयो। पुरानै दागमा काट्दा घाँटी रेटेजस्तै भएको थियो। दोस्रो बच्चा छोरी जन्मिइन्। गोरी धपक्क बलेकी छोरी। डाक्टरहरूले बाउलाई छोरी देखाउने भन्दै बाहिर निस्किए। छोरी जन्मेपछि सधैँ उसले यो बच्चा मेरो हैन भन्न थालेका थिए। एक जना केटोसँग च्याटमा कुरा भएको थियो मेरो। छोरी उसैको हो भनेर दोष लगाइरहन्थे। छोरी १० वर्षको हुँदा खै के कामले रगत परीक्षण गरेपछि मात्रै आरोप लगाउन छाडेका थिए।

जीवनसाथीको रूपमा सँगै यात्रा गर्न सकिन्न भन्ने भयो। अनि डिभोर्स भयो। डिभोर्सको चरणमा कसरी पुगियो त्यो धेरै सार्वजनिक भइसकेको छ। अहिले उनले दोस्रो विवाह गरिसकेका छन्। अब पुराना दिन सम्झिएर हुने पनि केही हैन। तर सन्तानको याद भने खुबै आउँछ। अहिले छोरा र छोरी दुवै ठुला भएका छन्। दुवै बाउसँगै बस्छन्। म अहिले एक्लै बस्छु दुवै सन्तानलाई सम्झँदै! फेरि, भन्छिन्, ‘मेरो पीडा न मनोजले बुझ्यो न छोरा-छोरीले नै १७ बर्ष देखी २२बर्ष सम्मको उमेरको ह्याण्डसम, सोझो र ईमान्दार केटा पाए बिबाह गर्ने सोचमा छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here