ब्रिजबेन । सिड्नीको ओलाई क्रिकस्थित खोलामा एक नेपाली मृत फेला परेका छन् । शव भेटिएको घटना बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ भने मृतक रुपक थापाको शव परिवारलाई पठाउन मृतकका भाईको पहलमा गोफण्ड मि अभियान सुरु गरिएको छ ।

नेपालस्थित परिवारलाई शव पठाउन सुरु गरिएको सहयोग संकलन अभियान र शव पठाउन आवश्यक सबै सहयोग गर्ने बाचा एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङले गर्नुभएको छ । थापा मृत भेटिएको बारे समेत अध्यक्ष गुरुङले नै पुष्टी गर्नुभएको छ ।

सन् २०९ मा नेपालबाट अष्ट्रेलियाको सिड्नी आएका थापाको स्थायी घर गोरखा जिल्ला रहेको बताइएको छ । गो फण्ड मी मार्फत ८ हजार डलर उठाइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here