काठमाडौँ : वैदेशिक रोजगारको क्रममा पाँच बर्ष अघि मलेसिया पुगेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृ-त्यु भएको छ ।

सुनसरी इनरुवा, राम्-धुनी नगरपालिका ८ घर भएका विक्रम आचर्यको बैदेशिक रोजगरीको सिलसिलामा मृत्यु भएको हो ।
आचार्य विगत पाँच बर्षदेखी मलेसियामा कार्यरत रहेका थिए ।

भनेजस्तो काम नभएको कारण कम्पनी परिवर्तन गरेर अबै-धानिक मलेसिया बस्दै आएका आचार्य अवै-धानिक भएकै कारण घर समेत नगई लामो समयदेखि मलेसियामै कार्यरत रहेको हुनसक्ने बताइएको छ ।

उनि मलेसियाको क्वालालाम्पुर क्षेत्रमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रहँदै आएका थिए । मलेसियाबाट अविरल बहादुर क्षेत्रीले दिएको जानकारी अनुसार आचार्यको हिजो सुतेकै अवस्थामा मृ-त्यु भएको छ ।

मृतक अवै-धानिक रुपमा मलेसिया बस्दै आएको हुनाले उनको श-व यथासक्य नेपाल फर्काउन समस्या हुनसक्ने हुँदा सम्बन्धित पक्षले मलेसियास्थित नेपाली दुतावास र नेपाल सरकारको सम्बन्धित निकायको ध्याना-कर्षण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here