केहिदिन अघि पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोकगायिक निरा छन्त्यालको मृत्यु भएको थियो। उनी माघी मनाउन सो विमानबाट पोखरा जाँदै थिइन्। तर,पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा पर्यो।
पोखरामा पाइला टेक्न नपाउँदै उनी संसारबाट विदा भइन्। उनीसहित ६८ यात्रु सवार रहेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भयो। पुरानो एयरपोर्टको आकाश पुग्न १ मिनेट पनि नपुग्दै जहाज आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खसेको थियो।
उनी लोकदोहोरी क्षेत्रमा निकै नै लोकप्रिय गायिका हुन । विशेषगरि युटुबमा दोहोरी गाएर उनले चर्चा कमाएकी थिइन । उनी समय-समयमा विभिन्न स्टेज प्रस्तुति समेत दिनको लागि देशका विभिन्न भू-भागमा जाने गर्थिन । त्यही क्रममा उनी पोखरा जानेक्रममा दुर्घटनाम परेकी थिइन ।
यस्तै गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे ।४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् । निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्कतिर भौतारिरहँदा मिडियाले उनलाई फेला पारे ।
उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए । मुस्लिम धर्म मान्ने अलिफलाई धेरैले मुस्लिम भएर नाच गान गर्ने हैन भने तर उनले आफ्नो कला मार्न सकेनन् ।अब हेरौं उनै अलिफ खान र स्व.गायिका निरा छन्त्यालको अन्तिम दोहोरी भिडियो: