विराटनगर बरगाछीकी सम्पदा निरौलाको अष्ट्रेलियाको सिड्नीमा दुर्घटनामा परेर मृत्यु भएको छ ।अध्ययनका लागि सिड्नीमा रहेकी २१ वर्षीया निरौला गत पुस १४ गते (डिसेम्बर २९ साँझ) समुन्द्र तटमा पुगेको समयमा एक्कासी छालले बगाएर अचेत भएकी थिइन् ।

रिदम पोखरेलका अनुसार दिदीसँग अर्का साथी समेत थिए । सम्पदालाई बगाएपछि बचाउने प्रयास गर्दा उनी पनि बगेका थिए । घटनापछि तत्काल हेलिकप्टरले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो ।

भर्ना गरिएकामध्ये उद्धारको प्रयास गर्ने साथी उपचारपछि आराम भएका छन्, तर मृत्युपछि परिवारजनले शव नेपाल फर्काउन तत्काल प्रयास गरेको थियो । तर, सबै प्रक्रिया मिलाउन समय लागेपछि उतै अन्त्येष्टि गरिएको छ । आफन्तजनले उनको काजकिरीया भने पशुपतिमा गर्ने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here