प्लेन चढेर काठमाडौंबाट पोखरा जान छोडे हवाई यात्रु, माघे संक्रान्तिका दिन पोखरामा यती एयरलाइन्सको जहाज दु’ र्घटना भएपछि काठमाडौंबाट पोखरा जाने हवाई यात्रु ५० प्रतिशतले घटेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सामान्य अवस्थामा काठमाडौंबाट पोखरा जाने हवाई यात्रु दैनिक २ हजार ३ सयहाराहारी हुने गर्थे।
तर, यतीको जहाज माघ १ मा पोखरा सेती खोंचमा दु’ र्घटना भएयता त्यता जाने यात्रु ५० प्रतिशतले घटेका छन्। यसअघि दैनिक २ हजार ३ सयहाराहारीले काठमाडौंबाट पोखरा यात्रा गर्थे।
यतीको जहाज दु’ र्घटनापछि यो संख्या घटेर अहिले १ हजार १ सयभन्दा कम हुन पुगेको त्रिभुवन विमानस्थलले जनाएको छ।निजी वायुसेवा कम्पनी बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले पोखरा जाने हवाई यात्रु संख्या अन्य समयको तुलनामा कमी आएको बताए।
मौसमका कारण जहाज डिले हुने भएकाले पनि यो समयमा यात्रु घट्ने गरेको र पछिल्लो दुर्घटनाले थप यात्रु घटेको हुनसक्ने उनको भनाइ छ।
सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले पोखरासहित सबै क्षेत्रमा यात्रु संख्या घटेको बताए। ‘पोखरामा मात्र होइन, अन्य गन्तव्य जाने यात्रु पनि घटेका छन्,’
खनालले भने, ‘माघ १ गतेको दु’ र्घटनापछि धेरै यात्रु त्रसित देखिएका छन्।‘यात्रु घट्न थालेपछि वायुसेवाहरूले उडान संख्यासमेत घटाउन थालेका छन्।
सौर्यले पोखरामा दैनिक दुई उडान अनुमति लिए पनि अहिले एकमा झारेको छ। त्यस्तै बुद्ध, यती र गुण एयरलाइन्सले पनि उडान संख्या घटाउन थालेको जनाएका छन्। अहिलेको सिजनमा जहाज दु’ र्घटना नहुँदा पनि यात्रु घट्ने गरेको वायुसेवाहरूको भनाइ छ।