सुनसरीको बराह क्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा बिहीबार नवजात शिशु फेला परेको छ । कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु (छोरी) फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

नवजात शिशुलाई कसले जङ्गलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशु फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here