काठमाडौंबाट पोखरा जाँदै गरेको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बागलुङ गलकोटकी बन्दना सुनारको बिहीबार अन्त्येष्टि गरिएको छ। उनको बिहीबार बागलुङको गलकोट नरेठाँटीमा अन्त्येष्टि गरिएको हो। अमेरिकामा बस्दै आएकी २० वर्षीया बन्दना आफ्ना हजुरबुबा र साथीहरूलाई सप्राइज दिन गलकोट जाने क्रममा आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेकी हुन्। दुर्घटनामा उनीसँगै ७२ जनाको ज्यान गएको थियो।

बन्दना सानैदेखि गीत गाउँथिन्। उनले १३ वर्षको उमेरमा उनका बुबाले तयार पारेको गीत गाएकी थिइन्। उनले ‘उठ उठ नेपाली हो, नेपाली सान जोगाउन कसैको सामु नझुक’ भन्ने गीत पनि रेकर्डिङ गरेकी थिइन्। उनले अभिनय गरेको देशभक्तिपूर्ण गीत युट्युबमा पनि हेर्न सकिन्छ।

हजुरआमा बिरामी भएपछि बागलुङ गलकोट घर भएकी २१ वर्षीय बन्दना सुनार ३-४ दिनअघि मात्र अमेरिकाबाट नेपाल आएकी थिइन्। उनकी हजुरआमा काठमाडौंमै उपचाररत छिन्। साथी र आफन्तलाई ‘सरप्राइज’ दिन उनी आइतबार बिहान कसैलाई नभनी पोखरा आउँदै थिइन्। उनी पनि सोही जहाजमा परिन्।

‘बन्दना नेपाल आएको छ भनेर हामीले त बल्ल आज थाहा पाएको हो, ऊ जहिले पनि सरप्राइज दिएर आउँछ,’ उनकी दिदी जेमी सुनारले आँशु पुछ्दै भनिन्, ‘यो कस्तो सरप्राइज हो!’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here