काठमाडौँ अन्तराष्ट्रिय विमानस्थलमा मौसमका भिजिविलिटी कम भई विव्मन अवतरण हुन नक्सदा विदेशबाट आएका ३ अन्तराष्ट्रिय जहाज नेपाली आकाशमा घुमिरहेका छन् । एउटा अन्तराष्ट्रिय विमान भने कोलकाता डाइभर्ट भएको छ ।

यो समाचार तयार पार्दासम्म मुम्बईबाट काठमाडौँ आएको भिस्तारा एयरलायन्स जहाज नेपाली आकाशमा घुमिरहेको छ । त्यस्तै त्यस्तै डिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाज पनि नेपाली आकाशमा घुमिरहेको छ ।

दुबईबाट काठमाडौँ आएको नेपाल एयरलायन्सको जहाज पनि यति बेला नेपाली आकाश मै घुमिरहेको छ । त्यस्तै दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरलायन्सको जहाज पनि ल्याण्ड गर्न सकेको छैन ।

मलेशियाबाट आएको नेपाल एयरलायन्सको जहाज भने कोलकाता डाइभर्ट भएको छ । त्यस्तै नेपालगंजबाट काठमाडौँको लागि उडेको श्री एयरलायन्सको जहाज पनि झापा डाइभर्ट गरिएको छ ।

मौसम सुधार भएपछि ति जहाज ल्याण्ड हुने विमानस्थल कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here