काठमाडौं- क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन नसके पछि कोलकाता फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगिसकेको छ ।

आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम भएपछि उडानमा समस्या आएको हो । नेपाल एयरलाइन्सको आरए(४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको बताइएको छ ।

यस्तै नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अबतरण गरिएको छ । श्री एयरलाइन्सको ४४० विमान ९: ६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरिएको हो ।आज बिहान करिब साढे ७ बजे उक्त विमान उडेको हो ।

काठमाडौंमा भिजिबिलिटी निकै कम हुँदा चन्द्रगढी विमानस्थलमा अवतरण गरिएको हो । साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९स्६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here