नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा एक नेपाली युवती मृत अवस्था भेटिएका थिइन । सिड्नीको नेपाल महावाणिज्यदुत दिपक खड्का अनुसार निधन हुनेमा २२ वर्षिय प्रनिता श्रेष्ठ हुन् । न्यु साउथ वेल्स प्रहरीले घटनाको अनुसन्धान गरिरहेको तथा पोष्टमार्टमको प्रकृया सुरु भइसकेकाले यस बारे थप विवरण दिन नमिल्ने नेपालट्युबलाई जानकारी गराएको छ ।

नेपालट्युबले नेपालस्थित मृतकको आमा र सिड्नीस्थित सानी आमा (आमाकी बहिनी )संग सम्पर्क गरिसकेको छ । परिवारका सदस्यहरुका अनुसार मृतक प्रनिता निकै मिलनसार र सहयोगी स्वभावको हुनुहुन्थ्यो । प्रनिताको शव नेपाल पठाउन सानी आमा श्वेता थापाले गोफण्डमी मार्फत सहयोग संकलन सुरु गर्नु भएको थियो ।

नेपालमा परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा शव पठाउन १५ हजार डलर खर्च हुने भएकाले उक्त रकम संकलन भएपछि उनको लाश नेपाल आएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here