पोखरा । बिमान दुर्घटना परी मेकअप आर्टिस्ट संगीता शाहीको निधन भएको छ । उनी पेशाले मेकअप आर्टिस्ट हुन । उनी युटुबमा भिडियो समेत बनाउछिन । संगीता शाही नामको उनको युटुब च्यानलमा अहिले ६९ हजार भन्दा बढी सब्स्क्राइबर रहेका छन । यतिबेला उनको निधन पछि परिवारमा सन्नाटा छाएको छ । घरकी एकली छोरी सम्झिदै आमा सम्हालिन सकेकी छैनन् ।

आइतबार बिहान काठमाडौंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दु’ र्घटनामा परेको थियो। पोखराका नागरिकको हकमा दुर्घटनामा निधन भएका मध्ये केहीको पोखरामा नै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ। त्यसैगरी, विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौं घर भएकाहरुको शव काठमाडौं ल्याइएको छ।

काठमाडौं ल्याइने शवहरूको भने काठमाडौंमा नै पोस्टमार्टम गरिनेछ। यससंगै विमान दुर्घटनाबारे फ्रान्सेली विज्ञ टोलीद्वारा अध्ययन सुरु भएको छ । फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ । बुधबार विमान खसेको ठाउँ सेतीखोँचमा पुगी उक्त टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै दुर्घटनाबारे जानकारी लिएको हो ।

टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहजीकरण गरिरहेका छन् । ‘ड्रोन’समेत उडाएर टोलीले घटनास्थलको अवलोकन गरेको थियो । दुर्घटनाको अध्ययनका लागि नौ सदस्यीय टोली मङ्गलबार नै पोखरा आइपुगेको थियो । नेपालमा पहिलोपटक भएको एटीआर विमान दुर्घटनाबारे निर्माता कम्पनीले पनि चासोपूर्वक लिएको जनाइएको छ । भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here