स्याङ्जामा फुटबल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै पाइलटमाथि कुटपिट गरिएको छ ।यात्रुले उपलब्ध गराएको जिपिएस अनुसार आज प्रभु हेलिकप्टर पोखराबाट स्याङ्जाको वालिङमा रहेको एक फुटबल मैदानमा अवतरण गरेको थियो ।

दिउँसो अपराह्न २:२४ बजे अवतरण गरेको हेलिकप्टरका चालक वरिष्ठ क्याप्टेन रानेस डंगोल माथि कुटपिट भएको हो ।पाइलटमाथि कुटपिट गरिएपछि वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दुर्गम क्षेत्रका बासिन्दाहरूको सेवामा खटिई सुत्केरी, बिरामी लगायत अन्य अत्यन्तै संवेदनशील मानवीय तथा विकास निमार्णका कार्यमा संलग्न क्याप्टेन माथि यसरी कुटपिट गर्ने कार्य भएकोले यस तर्फ नेपाल सरकार गृह मन्त्रालय, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसमक्ष संघले ध्यानाकर्षण गराएको छ ।

संघले घटनाको छानबिन गरी दोषी माथि कडा भन्दा कडा कारबाही गर्नसमेत माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here