काठमाडौं । पोखरामा भएको दुखद विमान दुर्घटनाले सारा विश्वलाई स्तब्ध बनाएको छ । एयर होस्टेस ओसिनको घरमा पुग्दा यतिबेला आफन्तहरु शोकाकुल अवस्थामा छन् । आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा माडीकी विमान परिचालिका (एयर होस्टेस) ओसिन आलेमगरको पनि मृत्यु भएको छ ।

यति एयरमा काम गर्न थालेको भर्खर ५ महिना हुँदै गर्दा ओसिनको अकल्पनिय मृत्यु हुन पुग्यो । जेठी छोरीको विमान दुर्घटनामा मृत्यु भएपछि उनको परिवार विक्षिप्त बनेको छ । माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरीस्थित ओसिनको घरमा सन्नाटा छाएको छ ।

छोरीको शव बुझ्न उनका बुबा मोहन आले मगर र आमा सबनम आले मगर पोखरा पुगेका छन् । ओसिनको एक भाई र एक बहिनी छन् । छोरीले काठमाडौँमा बसेर काम गर्न थालेपछि उनको परिवार पछिल्लो १ वर्षदेखि काठमाडौँमा बस्दै आएका थिए ।

टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन । ओसिन आलेले विमानभित्र मुस्कुराउँदै भिडियो बनाउँदै विमान दुर्घटनामा यस संसारलाई बिदा दिने दिन आउनेछ भन्ने कल्पना पनि गरेका थिएनन् । यति एयरमा काम गर्नुअघि ओसिनले सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेकी हुन् ।

ओसिनको दुःखद् निधन भएसंगै आले परिवार सहित माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा शोक छाएको छ । उनका बुबा मोहन आले मगर साइला भाई हुन् । भारतीय सेनाको जागिरबाट अवकाश प्राप्त मोहनका चार जना दाजुभाई छन् । यति एयरलाइन्सको एटीआर–७२ विमान काठमाडौंबाट पोखरा उडेको थियो । यसमा ६८ यात्रु र चार चालक दलका सदस्य थिए । भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here