देउडा गीतकी सु–प्रसिद्ध गायिका रेखा जोशीको घाँटीमा समस्या देखिएको छ । सोही कारण उनले विगत दुई महिनादेखि नयाँ गीत रेकर्ड गराएकी छैनन् । मेला महोत्सवमा समेत उनी सहभागी हुन पाएकी छैनन् । डाक्टरको सल्लाह अनुसार नै केही समयलाई रेकर्डिङ र महोत्सवका कार्यक्रमलाई थाँति राखेर उनले आराम गरेकी हुन् ।

घाँटीमा देखिएको समस्या समाधान हुन अझै केही समय लाग्ने गायिका जोशीले बताएकी छिन् ।

‘डाक्टरको सल्लाह अनुसार अझै सुधार हुन दुईदेखि तीन महिना लाग्ने हुँदा मेरा भगवानरुपी दर्शक र सम्पूर्ण शुभचिन्तकहरु समक्ष केही समयको लागि जोडिन नपाउँदा अन्त्यन्तै दुःख लागेको छ’ गायिका जोशीले फेसबुकमा स्टाटस् लेख्दै भनेकी छिन् ‘मलाई आशा छ यहाँहरुको माया र आशीर्वादले छिट्टै निको हुने छु । र, यहाँहरु समक्ष जोडिने छु ।’

देउडा गीतमा जमेकी पछिल्लो पुस्ताकी गायिका जोशीले केही चलचित्रका गीतमा समेत स्वर दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here