पोखरामा आज भएको यती एयरलाइन्सको बिमान दुर्घटना परी मेकअप आर्टिस्ट संगीता शाहीको निधन भएको छ । उनी पेशाले मेकअप आर्टिस्ट हुन । उनी युटुबमा भिडियो समेत बनाउछिन । संगीता शाही नामको उनको युटुब च्यानलमा अहिले ६९ हजार भन्दा बढी सब्स्क्राइबर रहेका छन ।,

पोखराको सेती खोंचमा आइतबार विहान दुर्घटना भएको यती एयरलाइन्सको विमानमा रहेकामध्ये ६९ जनाको शव भेटिएको छ। ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमामा रहँदा दिउँसो ३ बजे सशस्त्र प्रहरीको गोताखोरले सेती नदीबाट निकालेको सशस्त्र प्रहरीको समाचार कक्षले जनाएको छ। निकालिएको शव अस्पताल लैजाने तयारी गरिएको छ।

७२ जनामध्ये अझै तीन जना बेपत्ता छन्। उनीहरूलाई पनि सशस्त्र प्रहरी बलको गोताखोरले पानीमुनी खोजीरहेको छ। दुर्घटनास्थलबाट विमानको ‘ब्ल्याक बक्स’ पनि भेटिइसकेको र उक्त ब्ल्याक बक्स दुर्घटना जाँच आयोगलाई बुझाइसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

शव पोस्टमार्टमका लागि काठमाडौंबाट फरेन्सिक विज्ञको टोली पनि पोखरा पुगिसकेको छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरामा पुगेर काम गर्न थालिसकेका छन्।

दुर्घटनामा निधन भएका मध्ये पोखराका नागरिकको हकमा पोखरामा नै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ। त्यसैगरी, विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौं घर भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ। काठमाडौं ल्याइने शवहरूको भने काठमाडौंमा नै पोस्टमार्टम गरिनेछ। भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here