यती एयरलाइन्सको विमान दुर्घटनामा परेकी एयरहोस्टेस हुन् । ओसिन आलेमगर । उनै आलेमगरले करिब ५ महिना अघि मात्रै यती एयरलाइन्समा जागीर खाएको बताइएको छ । केही वर्षअघि सहारा एयरहोस्टेस एकेडेमीबाट एयरहोस्टेसको कोर्स पुरा गरेकी उनको स्थायी घर भने चितवन रहेको छ । एयरहोस्टेस ओसिनले यती एयरलाइन्समा नाम निकालेपछि उनी निकै खुशी थिइन् । आफ्नो एयरहोस्टेस बन्ने सपना पुरा भएको भन्दै उनी निकै उत्साहित रहेको बताइन्छ ।

उनी टिकटकमा समेत सक्रिय थिइन् । ओसिनले कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् । आज यती एयरलाइन्सको विमान दुर्घटना हुँदा उनको उड्डयन यात्राले समेत विश्राम लिएको छ । ओसिन दुर्घटनामा परेसँगै उनको परिवार क्षतविक्षत बनेको छ ।

आइतबारको विमान दुर्घटनामा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका थिए अर्थात ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।आफ्नो सानो छोरालाई लिएर विदा मनाउन पोखरा जाँदै थिए काठमाडौका डाक्टर दम्पती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here