शाहासी हिरो बिकाश जस्ले खाली खुट्टा झिके जल्दै गरेका यात्रुलाई। रुदै सुनाए दुखद कुरा (भिडियो सहित)शाहासी हिरो बिकाश जस्ले खाली खुट्टा झिके जल्दै गरेका यात्रुलाई। रुदै सुनाए दुखद कुरा (भिडियो सहित)

भिडियो

श्रीमानको बिमान दुर्घटनामा निधन भएपछी पाइलट पढेकी अन्जुको पनि बिमान दुर्घटनामा निधन
आइतबार बिहान पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दु’ र्घटनामा परेको छ। काठमाडौंबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि विमानस्थलभन्दा दुई किलोमिटर पर दु’ र्घटनामा परेको हो। ६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए।

चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए। कोपाइलट अञ्जुले जहाज दु’ र्घटनाले दिएको पारिवारिक वियोगपछि पाइलट पढेकी थिइन्। विराटनगरकी अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन्।

सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दु’ र्घटनामा उनका श्रीमान् दीपक पोखरेलको नि’ धन भएको थियो। विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार पोखरेलको नि’ धनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।

‘उहाँ का बुवाले पहिला ज्वाइँ पनि जहाज दुर्घटनामा बित्नुभयो, आज छोरीको पनि दु’ र्घटना भयो भन्नुभयो,’ न्यौपानेले भने। उनको दु’ र्घटनामा ज्यान गुमेको छ । अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्। जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्।

स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए।त्यसपछि उनी जागिरका लागि भारत गएका थिए। यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए।

दु’ र्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको श’ व फेला परेका छ। ‘३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ।’

त्यस्तै काठमाडौं । रुसी नागरिक इलिना बान्डुरोले नेपाल आउँदै गर्दा नेपाल जाउँ भन्दै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन्। उनी शनिबार मात्र नेपाल आइपुगेकी थिइन् ।नेपाल आएपछि पोखरा जाँदै गरेकी उनले इन्स्टाग्राम स्टोरीमा माछापुच्छ्रेको फोटोसँग आफ्नो फोटो राख्दै ‘गो टु नेपाल’ लेखेकी थिइन् ।

दु’ र्घटनामा परेर १५ जना विदेशी नगारिकको मृ’ त्यु भएको छ । जसमा चार जना रुसी नागरिकको मृ’ त्यु भएको छ ।मृ’ त्यु हुनेमा ५ जना भारतीय नागरिक, २ जना दक्षिण कोरियाली नागरिक, एक जना आयरल्याण्डका नागरिक, एक जना फ्रान्सेली नागरिक र एक जना अष्ट्रेलियन र एक जना अर्जेन्टिनी नागरिक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here