काठमाडौँ । आज बिहान दु’ र्घटनामा परेको एनएसी एटीआर ७२ विमानले अहिले देश नै शो’ कमा डुबेको छ । यो समाचार तयार पार्दासम्म ६८ जना यात्रुको श’ व फेला परेको छ भने अन्यको सेतीको खोँंचमा सुरक्षाकर्मी र अधिकारीहरुले खोज्ने काम जारी राखेका छन् ।

यसैबिच अर्को दुखद खबर बाहिरिएको छ । दुर्घटनाग्र’ स्त विमानमा क्याप्टेन कमल केसीसँगै विमान उडाइरहेकी अञ्जु खतिवडा पनि थिइन् । विराटनगर–५ को चाँदनी चोककी खतिवडासँग दुःखद् संयोग के परेको छ भने उनका श्रीमानको पनि २९ जेठ २०६३ मा यती एयरलान्सकै विमान दु’ र्घटनामा मृ’ त्यु भएको थियो ।

जुम्ला विमानस्थलमा भएको उक्त दु’ र्घटनामा अञ्जुका श्रीमान् को–पाइलट दीपक पोखरेलसहित ९ जनाले ज्यान गुमाएका थिए ।सोही दु’ र्घटनापछि आँफु पनि पाइलट बन्ने र पतिको सपना साकार पार्ने उदेश्य बोकेकी अञ्जु श्रीमानको मृ’ त्युको करीब ४ वर्षपछि अञ्जु अमेरिकाबाट पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएपछि उनी यती एयरलाइन्समा नै आबद्ध भइन् ।

नेपाल भित्रिएको सबैभन्दा ठूलो र शहरी क्षेत्रका विमानस्थलमा मात्रै अवतरण गर्ने एटीआर ७२ जहाजबाट उडान थालेकी अञ्जु आइतवार भएको यतीकै जहाज दु’ र्घटनामा पर्दा उनका छोरा टुहुरो बनेका छन् । आज भएको दुर्घटनामा ६८ जनाको श’ व भेटिएको छ भने अन्य ४ जनाको खोजी कार्य जारी छ ।

यतीको विमान दु’ र्घटनामा परेको १६ वर्षपछि अञ्जु पनि दु’ र्घटनामै परिन् । श्रीमान र श्रीमती दुवै पाइलट पेशामा लाग्नु र एउटै कम्पनीको विमान दु’ र्घटनामा पर्नु अचम्मको संयोग थियो । अञ्जु र दीपकको २२ वर्षकी छोरी छिन् । अञ्जुले पाइलट भइसकेपछि काठमाडौंका सुवास केसीसँग दोस्रो विवाह गरेपछि उनीबाट फेरी छोरा जन्मिएका छन् ।

जो अहिले ७ वर्षका भए ।आज अञ्जुले आफ्ना छोरा छोरीलाई मात्रै टुहुरो बनाइनन् । विराटनगरकी अन्जुले भारतबाट प्लस टु गरेकी हुन। सन २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दु’ र्घटनामा श्रीमान् दीपक पोखरेललाई गुमाएपछि उनले अमेरिका गएर पाइलट पढेकी हुन।

अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्। कमलले अन्जुलाई गाइड गरिरहेका थिए र मुख्य भूमिकामा थिइन् अन्जु। प्रशिक्षणका रुपमा उनको यो अन्तिम उडान थियो। यसअघि अन्जुले पाइलट बन्नका लागि गर्नु पर्ने सबै विमानस्थलमा उडान पूरा गरेकी थिइन्।

अन्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन्। क्याप्टेन बन्नका लागि प्रशिक्षकसँग कम्तिमा एकसय घण्टा उडान भरेको हुनुपर्छ। प्रशिक्षक पाइलटको रुपमा रहेका केसीले आज अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here