कास्कीको पोखरामा दुर्घटनामा परेको यती एयलाइन्सको विमानमा दुई जना चिकित्सक पनि परेका छन् ।दुर्घटनाग्र’ स्त यती एयरलाइन्सको विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ पत्नी डा. सोना दिवाकर र १० महिने छोरा पनि सवार रहेको खुलेको छ ।

डा. श्रेष्ठ पत्नी सोना र १० महिने छोरासहित छुट्टी मनाउन पोखरा उडेका थिए । पोखरा स्थायी घर भएका डा. श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस र न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका छन् । डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रूपमा काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here