कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार दुई जनालाई जीवितै उद्धार गरेर अस्पताल पठाइएको छ। तर उनीहरूको अवस्था गम्भीर भएको बुझिएको छ।

विमान दुर्घटना हुँदा डिलमाथि उछिट्टिएका दुई जनालाई जीवित फेला पारिएको छ,” ढकालले भने।सेती खोँचमा मानिसहरू हराइरहेको आशङ्कामा खोजी गर्न उद्धारकर्मीहरू डोरीमा झुन्डिएर तल गएका छन्,” उनले भने।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए। विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ६८ यात्रुमध्ये ५३ जना नेपाली र ५ जना भारतीय नागरिक थिए।यति एअरलाइन्सका अनुसार विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला थिए।

यात्रुमध्ये तीन बालक र तीन शिशु पनि थिए।हालसम्म एक शिशुको मृत्यु भएको प्राधिकरणले पुष्टि गरेको छ।नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने, “पोखरा विमानस्थलबाट डेढ किलोमिटर वर सेती नदीको खोँचमा विमान दुर्घटनाग्रस्त भएको छ।

त्यहाँ उद्धारका लागि रेन्जरतर्फका १२० गरी २०० जना सैनिक परिचालित भएका छन्।”उक्त विमान काठमाण्डूबाट १० बजेर ३२ मिनेटमा उडेको थियो। हाल दुर्घटनास्थलमा लगभग २०० सैनिक खटिएको बताइएको छ।

बि बि सी बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here