पोखरामा भएको जहाज दुर्घटनास्थलमा तीन जना यात्रु जीवित देखिएको स्थानीय बासिन्दाले बताएका छन् । ६८ यात्रु बोकेर गएकोमा अहिलेसम्म तीन जना जीवित देखिएको र अन्यको पनि खोजी कार्य गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खाेँचमा खसेर आगो लागेको थियो । विमान दुर्घटना भएको १५ मिनेटपछि उद्धारका लागि नेपाली सेनाकाे टाेली पुगेको थियो ।
आगो र धुवाँको मुस्लाेका कारण उद्धार कार्यमा समस्या भइरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here