कोरिया भनेर बिराटनगर पठाउने दलाल अन्ततः उनकै घरको खाटमुनीबाट समातिए (भिडियो सहित)

देशमा बढ्दो गरिबी र बेरोजगारीका कारण नेपालीहरु बिदेशिन पछिल्लो समय बाध्य भैरहेकाउक्ति छन । दुईचार पैसा कमाउने आशामा घरमा भएको जाहेजेथा बिक्री गरेर र ॠणपान गरेर नेपाली युबाहरु बिदेशीने क्रम पछिल्लो समय बढ्दो छ तर यहीँ वैदेशिक रोजगारीको नाममा कतिपयले ठगीको व्यापार गर्दै आएका छन ।

सुन्दा निकै नै दु:ख लाग्छ, तर पछिल्लो समय वैदेशिक रोजगारीको नाममा करोडौंको ठगी हुनेगरेको छ र यसको मारमा पर्छन सिधासाधा मान्छेहरु । आजको घटना यस्तै प्रकृतिको रहेको छ । मेनपावरको मनपरीले गर्दा कतिपय बिदेश गएका नेपाली नागरिक काठको बाकसमा लाछ भएर आएको र बिदेशमै अनेकौं सास्ती भोगेको कैयौं उदाहरण छन हामीसँग ।

केही दिन अगाडिको मात्र कुरा हो गणेश दङ्गाल नाम गरेका एक पुरुषले कोरिया पठाईदिन्छु भन्दै चारजना ब्यक्तिसँग २५-२५ हजार पैसा उठाएर अन्त्यमा उनी अहिले नागरिकता पासपोर्ट सबै कुम्लयाएर बिराटनगरमा ल्याएर बिजोग अबस्थामा छोडीदिएका थिए ।

एमबेस्सीमा काम गर्ने हो कोरियन भाषा नै पढ्नुपर्दैन भनेपछि आफुहरुले बिश्वास गरेर नागरिकता पासपोर्ट पनि जिम्मा लगाएको एक पिडित पुरुषले बताएका थिए । उक्त ब्यक्तिलाई चिनेको एक महिनामात्र भएको तर सानो छोरीको कसम खाएर कोरिया पठाईदिन्छु भनेपछि आफुहरु बिश्वास गर्न बाध्य भएको उनिहरुले बताएका थिए ।

यसैक्रममा आज भने उनै गणेश दङ्गालसँग राम्रो चीनजान भएका र घटना भएपछि उनिसँग कुरा गरेका एक पुरुष सम्पर्कमा आएका छन । गणेशले भने यो कुरा सबै झुट भएको बताएका छन । उनको ठगसँग राम्रै चीनजान रहेको बताउँदै ठगीबारे सम्पुर्ण बेलीबिस्तार लगाए ।

अन्ततः यी ब्यक्ति भेटिएका छन ।बाँकी भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here