काठमाडौँ ।नकारात्मक कमेन्टहरूको सामना गर्दै आयकी गायिका समिक्षा अधिकारीले फेरि सामाजिक सञ्जालमा अर्को विवादित स्टाटस राखेकी छन् । सँधै सामाजिक सञ्जालमा आलोचना खेप्दै आएकी गायिका अधिकारीले सोसल मिडिया म्यानेजर राखेको समेत चर्चा थियो ।

उनको आधिकारी सामाजिक सञ्जालबाट अहिले अलिक गम्भिर र भावुक विषयमा स्टाटस आउन थालेका छन् । शुक्रबार पनि उनले बचनले दिएको घाउ मेट्न नसकिने बताउँदै एक स्ट्याटस पोष्ट गरेकी छन् ।

उनले लेखेकी छन्, ‘बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here