मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्नेलाई एक लाख रूपैयाँ दिने भएको छ।

नगरपालिकाको १२औं विधेयक नगरसभाले जातीय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै अन्तरजातीय विवाह गर्ने युवायुवतीलाई प्रोत्साहनस्वरूप एक लाख उपलब्ध गराउने भएको हो।

नगरप्रमुख विष्णुकुमार भामले छुवाछूत अन्त्य र दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए। पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार ३०० दलित घरधुरी छन्।

संस्कृति, बाजा र सीपमूलक आर्यआजनका लागि प्रति घरधुरी पहिलो चरणमा दुई हजार ५०० का दरले दलित भत्ता उपलब्ध गराउने उनले बताए। आफ्नो पाँच वर्षे कार्यकालमा पाँच हजारसम्म पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here