राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट आज थुना’मुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना ९ दिन कारागारमा बसेर थुना’मुक्त भएका हुन् ।

लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेका अनुसार लामिछाने थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा ध’म्की दिन नपाउने गरी थुना’मुक्त गरिएको हो ।

शुक्रबार रिहा हुँदा केन्द्रीय कारागारबाहिर सन्दीपका समर्थकले उनको समर्थनमा नारा लगाएका थिए । रिहा भएको दिन सन्दीपले पहेँलो कपडालाई प्राथमिकता दिएका थिए । पहेँलो कपडा यसअघि सन्दीपले जमैकामा भएको क्यारेबियन लिग खेल्दा उनको टिमको जर्सीमा लगाउनुबाहेक खासै आफ्नो रोजाइमा पारेका थिएनन् । तर, शुक्रबार उनी कारागारबाट रिहा हुँदा हेडब्यान्डसमेत पहेँलो नै रोजेका छन् ।

आखिर सन्दीप लामिछानेले किन रोजे त पहेँलो कपडा? शुक्रबार सन्दीप जेलबाट रिहा हुँदा उनले हेडब्यान्ड पहेँलो रंगको नै प्रयोग गरेका छन् । उनको ज्याकेट पनि पहेँलो रंगको नै छ । र, उनले ज्याकेटभित्र लगाएको हुडी पनि पहेँलो रंगको नै देखिन्छ । विश्व चर्चित रंग विशेषज्ञ क्रिस ब्राजेलले बारम्बार आफ्ना अन्तर्वार्ताहरूमा पहेँला कपडालाई मानिसहरूले आफ्नो खुसी देखाउन प्रयोग गर्ने बताउँदै आएका छन् ।

यति मात्र होइन पहेँलो कपडा भनेको नयाँ सुरुवातको संज्ञा भएको र स्पष्टता भएको पनि उनले बताउने गरेका छन् । ‘आफूलाई लो फिल भइरहेको समयमा पहेँलो कपडा लगाउँदा कन्फिडेन्स बढ्ने मात्र होइन, धेरै सहज पनि महसुस हुन्छ,’ ब्राजेलले भनेकी छिन्, ‘मानिसहरूलाई आफू आशावादी भएको, खुसी भएको र नयाँ सुरुवात भएको संकेत गर्न सहज हुन्छ ।’

विश्वका विभिन्न जेलहरूमा चाहिँ कम खतरा भएका कैदीहरुका लागि पहेँलो कपडा दिने गरिएको छ । तर, नेपालमा कपडाको रंगको विषयले कैदीहरूको अवस्थाबारे इंगित गर्ने विषयमा खासै गाम्भिर्यता देखिँदैन । गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मु’द्दामा थुनछेक बहस सुरु भएको थियो ।

लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बला’त्कार गरेको आ’रोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मु’द्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मु’द्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बला’त्कार आ’रोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्र’क्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here