काठमाडौं । उच्च अदालत पाटनले बला’त्कार आ’रोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निल’म्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ ध’रौटी बुझाएर थुना’मुक्त गर्ने आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालाशले आज धरौ’टीमा थुना’मुक्त गर्न आदेश गरेको हो । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो ।

उक्त निवेदनमाथिको सुनुवाइमा अदालतले धरौटीमा लिएर थुनामुक्त गर्न भनेको छ । पाटन अदालत अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछानेले जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिएर मात्र उपत्यका छाड्नुपर्नेलगायतको निश्चित आचरणमा बस्नुपर्ने अदालतको आदेशमा छ । भोलि बिहानबाट धरौटी बुझाएर थुनामुक्त हुने प्रक्रिया प्रारम्भ हुनेछ ।

गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बला’त्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौं अदालतमा मु’द्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बला’त्कार आ’रोप अस्वीकार गर्दै आएका छन् । प्रहरीले गत असोज २० गते लामिछानेलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प’क्राउ गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई धरौ’टीमा रिहा गर्ने अदालतको आदेश सकारात्मक भएको बताएका छन् । सन्दीपको रिहाइ नेपाली क्रिकेटका लागि सुखद भएको उनको भनाइ छ । चन्दले सन्दीप नेपालको मात्रै नभएर एसोसिएट राष्ट्रकै गहना भएको बताए । उनले आगामी दिनमा न्यायको लडाइँमा क्यानले सन्दीपलाई सघाउने बताए ।

‘सन्दीपको न्यायको लडाइँमा क्यान सधैँ साथमा थियो/छ,’ चन्दले बाह्रखरी डटकमसँग भनेका छन् । राष्ट्रिय टिमबाट निलम्बनको विषयमा पनि क्यानले अदालतको सबै सर्त अध्ययन गरेर पुनर्विचार गर्ने चन्दले बताए । अदालतको आदेशले आफू खुसी रहेको भन्दै उनले भने, ‘समग्रमा नेपाली क्रिकेटका लागि सकारात्मक कुरा हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here