क्रिकेटर सन्दीप लामिछानेले अब काठमाडौं उपत्यका छाड्न समेत प्रहरीको अनुमति लिनुपर्ने भएको छ । उच्च अदालत पाटनले बलात्कार आरोपी लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएसँगै विदेश जानबाहेक काठमाडौं उपत्यका छाड्नसमेत अनुमति लिनुपर्ने आदेश दिएको हो ।

‘कुनै काम विशेषका कारण प्रतिवादीले काठमाडौं उपत्यका छोड्नुपर्दा छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोको लिखित जानकारी दिनुपर्नेछ । सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्फने मिति तथा उपत्यका बाहिर रहने स्थान समेत खुलाउनुपर्नेछ’, अदालतको आदेशमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here