झापामा श्रीमानको लात्ति प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । अर्जुनधारा अर्जुनधारा–९ मा बस्दै आएका ३५ वर्षीय विश्वराज घिसिङलेले ३६ वर्षीया श्रीमतीप्रमिला भुजेलको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापामा अनुसार मंगलबार साँझ श्रीमान श्रीमतबीच खान नपकाएको विषयमा झगडा भएको थियो । विवादकै क्रममा प्रमिलालाई लात्तीले पेटमा हान्दा उनको मृत्यु भएको हो।
विश्वराज र प्रमिलाको स्थायी घर भोजपुरको अरुण गाउँपालिका–१ रहेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने विश्वराजलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ।