काठमाडौं / जापानमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन भएको छ । जापान आएको ६ महिना नपुग्दै जापानको नागोयामा नुवाकोटका वाग्लेको असामयिक निधन भएको हो।

वाग्ले हाल जापानमा विद्यार्थी भिसामा गएका थिए । राति कामबाट फर्किएर वाग्ले बिहान खाना खाएर सामान्य अवस्थामै सुतेका थिए। साँझ काममा जाने बेलासम्म पनि नउठेपछि उठाउन खोज्दा उनी अचेत अवस्थामा भेटिएपछी तत्काल उनलाई अस्पताल पुर्याइएको थियो ।

अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको बताइएको छ । २७ वर्सीय वाग्लेको मृत्यु अत्याधिक बल्ड प्रेसरका कारणले भएको चिकित्सकले जानकारी दिए । वाग्लेको अन्त्येष्टि नागोयामा सोमबार गर्ने तयारी भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here