काठमाडौँ । अभिनेता आयुष्मान देशराजसँग प्रेम विबाह गरेकी नायिका प्रियंका कार्की अहिले छोरीलाई हुकाईयरहेकी छिन् । विबाहपछि पनि थुपै चलचित्रमा काम गरेकी यी सुन्दरी नायिकाका लागि यो वर्ष ब्याड लक नै सावित भयो ।

प्रियंकाका यो बर्ष २–२ वटा फिल्म रिलिज भए र फ्लप भएका छन् । आमा बनेपछि पर्दामा फर्किन जोडदार कोशिश गरिरहेकी प्रियंकाको यो बर्ष ‘लक्का जवान र चि मुसी चि’ ले पानी पनि भन्न पाएनन् । प्रियंकाको मुख्य अभिनय रहेको फिल्म ‘फूलबारी’रिलिजको तयारीमा छ ।

त्यस्तै नायिका ऋचा शर्मा बोल्ड अभिव्यक्तिका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् । चर्चित रियालिटी शो कमेडी च्यामिपयनको जजका रुपमा निकै मजबुत प्ल्याटफर्म पाएकी यी सुन्दरी नायिकाको लुट फिल्मले जसरी सफलता पायो अन्य फिल्महरुले पनि पाउनु पर्ने थियो ।

तर ऋचाको ब्याडलक उनका ब्याक टु ब्याक आइरहेका फिल्महरु फ्ल्प भए । ब्याडलक नै भएर होला यो बर्षको कार्तिकसम्म सुखद चलिरहेको नेपाली फिल्मको बक्स अफिस यसपछि भने नकारात्मक गतीमा दौडिरहेका बेला ऋचा शर्मा यही मेसोमा फ्ल्प फिल्म भित्र अटाइन् । उनका हिजो आजका कुरा र चि मुसी चि रिलिज भए । दशृकले अत्तो पत्तो पाएनन् ।

दुबै फिल्मले उनलाई सुखद नतिजा दिलाउन सकेनन् । दुबै फिल्ममा उनको अभिनयको खासै चर्चा पनि भएन । यहीबिचमा ऋचा आमा बनिन् । र सुखद दाम्पत्तय जीवनलाई भने उनले अगाडी बढाइरहेकी छिन् । यतिबेला हामी ऋचालाई आगामी फिल्मका लागि गुड लक मात्रै भन्न सक्छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here