काठमाडौँ । चर्चित बेंकर रविना देशराज श्रेष्ठ अहिले अफ्रीकी महाद्वीप तट मौरिससमा रमाइरहेकी छिन् । उनी अफ्रीकी महाद्वीप तट मौरिससमा एक्लै नभई आफ्ना प्रेमीसँग पुगेकी हुन् ।

मेघा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएको एक सातामा आफ्नो प्रेमी सार्वजनिक गरेकी रवीनाका पतिले केही वर्ष अगाडि एक जना बैंकरसँग नजिकिएको भन्दै डिभोर्स दिएपछि उनले नाम र दाम दुवै कमाइन् ।

तर कहिल्यै उनी अर्को पुरुषसँग यसबिचमा जोडिइनन् । कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत रहेकी रवीनाले प्रेमको रहस्य आफ्ना छोरा र बुहारीलाई भन्नका लागि निकै प्रयास गरिन् ।

धेरै समय भन्न नसकेकी उनले आफ्नो प्रमको कुरा छोरा बुहारीलाई भन्दासाथ उनीहरुले स्विकारेपछि रबिनाले पुष १५ गते बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।

वाइल्डलाइफ फोटोग्राफरका रुपमा चिनिएका स्टुआर्ट एलेक्जेण्डर च्याम्पम्यान नाम गरेका बेलायती नागरिकसँग प्रैममा परेकी रविना बैंकिङ क्षेत्रमा उच्च व्यवस्थापनमा पुग्ने सीमित नेपाली महिलामा पर्छिन् । स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी उनी नबिल बैंक हुँदै मेगा बैंकमा सिनियर पदमा काम गरेको अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here