काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले पाएको मत निराशाको नभइ आशाको मत भएको बताएका छन्। पुराना दलहरुप्रति निराश भएर आफूहरुलाई जनताले मत दिएको भनेर टिप्पणी हुने गरेको उल्लेख गर्दै लामिछानेले जनतालाई आशा गरेरै आफूहरुलाई मत दिएको उल्लेख गरे।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुलाई जनताले नमात्तिने गरी मत दिएको उल्लेख गरे। ‘हामीजस्ता नयाँ दललाई पनि जनतालाई नमात्तिने गरी मत दिनुभएको छ। साथै पुराना दललाई अब त सच्चिनुपर्छ भनेर झारिदिनुभएको छ,’ लामिछानेले भने।

संसद्‌मा आफूहरुको प्रवेश जनताले अपेक्षा गरेर गरिएको आगमन भएको लामिछानेले उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here