विवादित गायिका समीक्षा अधिकारीले आफूलाई अनावस्यक नकारात्मक कमेन्टगर्नेहरुलाई कानुनी उपचार गर्ने बताएकी छिन। आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले नकारात्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो रहेको भन्दै त्यसतर्फ उजुरी गर्न सक्ने संकेत देखाएकी छन् ।

उनले लेखेकी छन्, ‘मान्छेहरू हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केही बेरको हुस्सु र तुवाँलोले त्यति ठुलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।’

उनको यो पोस्टमा पनि सकरात्मक भन्दा बढी नकरात्मक कमेन्टहरू देख्न सकिन्छ । बढी नकरात्मक कमेन्ट आउन थालेपछि उनी केही समय सामाजिक सञ्जालबाट टाढा भएकी थिइन् । गायिका अधिकारीले हिम्मत जुटाएर पुन: आफ्नो क्षेत्रमा फर्केको भन्दै उनको चर्चा परिचर्चा गर्नेहरूको पनि बाहुल्यता रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here