मकवानपुरमा गुच्चा अड्किएर एक पाँच वर्षको बालकको निधन भएको छ । जिल्लाको मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने भारतीय नागरिक राम कुमार दासको छोरा बर्ष ५ को राम दासलेको घाँटीमा गुच्चा अड्किएर निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार शुक्रबार साँझ बालक खेल्ने क्रममा गुच्चा मुखमा हाल्दा घाटीमा अड्किन पुगेको थियो ।

घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न असहज भएर उपचारको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा लगेकोमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here