एजेन्सी – अल नासरका पूर्व प्रबन्धक ग्यालिसियन राउल कानेडाका अनुसार साउदी क्लब अल नासरले लियोनेल मेस्सीका लागि क्रिस्टियानो रोनाल्डोका लागि भएको खर्च भन्दा बढी खर्च गर्न सक्छ।

एक मिडियासँग कुराकानी गर्नेक्रममा कानेडाले मेस्सीका लागि अल नासरले रोनाल्डोका लागे भएको भन्दा बढी रकम खर्च गर्न सक्ने बताएका हुन्। मेस्सी वा अन्य चर्चित खेलाडीका लागि सो क्लबले खुलेर खर्च गरे अचम्म मान नमिल्ने कानेडाको भनाई छ।

साउदी अरेबिया फुटबलमा ठूलो लगानी गर्ने सोच सहित अगाडी बढिरहेको कानेडाको अनुमान छ। साउदीले आफ्नो घरेलु लिगलाई विश्वको उत्कृष्ट १० भित्र पार्ने योजना बनाएको कानेडाले बताए।

साउदीमा खेल्ने अन्य खेलाडीहरुले पनि उच्च पारिश्रमिक पौने गरेको कानेडाको भनाई छ। कुनै पनि खेलाडीले ३ अथवा ४ मिलियन युरो कमाउनु साउदीमा सामान्य रहेको उनले बताए।

“त्यहाँ ३-४ मिलियन स्टारहरुले सहजै कमाउँछन्। यदि उनीहरुले रोनाल्डोलाई भन्दा बढी रकमको प्रस्ताव मेस्सीलाई गरे भने अचम्म नमान्दा हुन्छ। अन्य चर्चित फुटबलरहरु पनि साउदी पुग्न सक्छन्। युरोपेली लिगहरूका अन्य महत्त्वपूर्ण फुटबलरहरूमा उनीहरुले धेरै पैसा लगानी गर्न थाले भने मलाई चाहिँ अचम्म लाग्नेछैन।”,कानेडाले भने।

क्रिस्टियानो रोनाल्डोका लागि साउदी क्लबले चालेको कदम विश्वभरका क्लबहरुका लागि चेतवानी हुन सक्ने पनि उनले बताए। उनका अनुसार रोनाल्डोमा पैसा खन्याएर साउदीले केहि संकेत गर्न खोजेको छ।

त्यसक्रममा उनले प्रिमियर लिगको न्यूक्यासल युनाइटेडलाई साउदीले किनेको उल्लेख गर्न पनि छुटाएनन्। आउने समयमा साउदीले आफ्नो लिगलाई थप मजबुत बनाउन लगादी बढाउने उनको अनुमान छ।

उनले भने,”रोनाल्डोका लागि उनीहरुले चालेको कदम एक चेतावनी हुन सक्छ। यो रोनाल्डोमा मात्र रोकिने छैन। उनीहरूले न्युक्यासललाई किनेका छन् र आफ्नो लिगलाई उच्च स्तरमा अगाडी बढाउन चाहन्छन्।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here