नयाँ छिमलका चर्चित अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएको लगभग डेढ महिना भयो । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले लगनगाँठो कसेका हुन् । उनीहरुको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह भइरहेको छ । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका थिए ।

सलोन र करिश्माले चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाहपूर्व शनिवार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेवन रिसोर्टमा मेहेन्दी र संगीतको कार्यक्रम भएको थियो, जहाँ केही चर्चित कलाकारहरु पनि उपस्थित थिए । संगीत कार्यक्रममा सलोन अभिनेता सलिनमान बनियाँको काँधमा चढेर नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल छ ।

सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् । यसपछि भने उनीहरुले म्यूजिक भिडियोमा काम गरेका छैनन् । पेशाले एयर होस्टेस भए पनि करिश्माले विभिन्न व्यवसायमा समेत हात हालेकी छन् । उनले अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालासँग मिलेर दरबारमार्गमा एक कोरियन रेस्टुरेन्ट चलाउँदै आइरहेकी छन् । भीडीयाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here