आफ्नो नाम कविराम कामी लेख्न भन्दाभन्दै नागरिकता बनाउने टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएपछि एकजना नागरिक तनावमा परेका छन् ।

घटना दैलेखको हो । २०१७ पुस २५ गते जन्मेका कविराम कामीलाई तत्कालीन मेहेलतोली गाउँपञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा नागरिकता दिइएको छ।

२०४६ जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले ‘कुकुर कामी’ लेखेको कारण कविराम ३३ वर्षयता गाउँसमाजमा हुने भेलामा जान छोडेका हुन् ।

त्यसबेला मेहेलतोली गाउँपञ्चायत, अहिलेको सङ्घीय पुनर्संरचनाअघि मेहेलतोली गाविस थियो । नागरिकतामा मेहेलतोली गाउँपञ्चायत–६ लेखिएको ठाउँ सङ्घीय पुनर्संरचनापछि अहिले भगवतीमाई गाउँपालिका ३ नं वडामा पर्दछ ।

नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम भुन्टो कामीका कान्छो छोरा हुन् । कविरामभन्दा अघि ६ जना दाजुहरु जन्मिएका थिए । तर जन्मने बित्तिकै दाजुहरुको ज्या न गयो । सातौँ सन्तानको रुपमा जन्मिएका कविरामको नाम कुकुर राखे बाँच्न सक्छन् भन्ने पण्डितको सल्लाहमा बाँचून् भनेर राखिएको नाम थियो ‘कुकुर’ ।

राशीको नाम कविराम आएको थियो, बाँचून् भनेर ‘कुकुर’ नाम भन्ने गरिएका कान्छो छोरा संयोग नै होला बाँच्नुभयो । उहाँ त बाँच्नुभयो तर नागरिकतामा ‘कुकुर’ लेखिएकै कारण उहाँ आफैँ, श्रीमती, सात छोराछोरी १३ नातिनातिनीहरु फलानोको श्रीमती, फलानोको छोराछोरी वा फलानोको नातिनातिनी भन्न गाह्रो हुने गरेको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here