अमेरिका । न्युयोर्क सिटीमा भएको दुर्घटनामा परि नेपाली युवा मनोज थापाको निधन भएको छ । आज विहान भएको दुर्घटनामा उनको निधन भएको हो । घ टना विहान करिब १२ बजेर ५८ मिनेटमा भएको जनाइएको छ । दुर्घटनामा कास्की हेम्जाका ३२ बर्षीय मनोज थापाको निधन भएको उनका साथीले जानकारी दिए

अमेरिकामा झण्डै ७ बर्षदेखि बस्दै आएका थापा थिए न्युयोर्क सिटीमा भएको दुर्घटनामा नेपाली उबर चालक ३२ वर्षका मनोज थापाको मृत्युबारे प्रहरीले जानकारी दिएको छ। न्युयोर्क प्रहरी विभागले दिएको जानकारी अनुशार आफ्नो गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठक्कर दिएपछि मृत्यु भएको हो।

प्रहरी प्रवक्ताका अनुशार शनिवार विहान लगभग १२ बजेर ५८ मिनेटमा प्रहरीले घटनाबारे ९११ मा फोनमार्फत जानकारी प्राप्त भएको थियो। प्रहरीको ७२ त्रिसिन्क्टको सिमाना भित्र ५५ स्ट्रीटको वरपरको गोवानस एक्सप्रेसवेको वेस्टबाउन्ड लेनमा गाडीको ठक्करबाट मृत्यु भएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो

घटनास्थलमा प्रहरी अधिकारीहरु पुग्दा ३२ वर्षीय पुरुष बेहोस र अनुत्तरदायी अवस्थामा सडकमा फेला परेका थिए । शरीरमा चोट लागेको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ । आपतकालिन मेडिकल सेवाका अधिकारीहरु तत्काल घटनास्थलमा पुगेका थिए। तर ३२ वर्षका थापालाई घटनास्थलमा नै मृत घोषणा गरेका थिए। घटनाबारे परिवारका सदस्यहरुलाई जानकारी गराइसकिएको छ ।

मौ पनि मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन चालकविरुद्ध मुद्दा दर्ता, काठमाडौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन चालक विरुद्ध पक्राउ गरी मुद्दा दर्ता गरेको छ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंको फर्पिङ, नागढुङ्गा र भक्तपुरको कमलविनायकमा मदिरा पिएर सवारी साधन चलाउने तीन चालकलाई पक्राउ गरी आज अभद्र व्यवहारमा मुद्दा चलाएको हो।

मुद्दा चलाएकामा फर्पिङबाट पक्राउ परेका ना१ज ६६२४ नंको भाडाका सुमो चालक २४ वर्षीय मनोज रुम्बा, नागढुङ्गाबाट पक्राउ परेका ना२ख ८२१५ नंका ट्रक चालक ३९ वर्षीय शैलेन्दै लोधर र भक्तपुरको कमलविनायकबाट पक्राउ परेका ना४ख ५१२ नंका टिपरको चालक २४ वर्षीय नवीन मिजार रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले मापसे सेवन गरी सवारी साधन चलाउने र ट्राफिकलाई अभद्र व्यवहार गरेकाले उनीहरूलाई मुद्दा चलाइएको जानकारी दिए।

पक्राउ परेकामध्ये रुम्बालाई प्रहरी वृत्त कीर्तिपुरबाट चार दिनको म्याद थप, लोथरलाई प्रहरी वृत्त थानकोटबाट सात दिनको म्याद थप र मिजारलाई प्रहरी वृत्त जगातीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता भट्टले बताए। पछिल्लो समय ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई तीव्रतासमेत दिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here