बलिउड अभिनेत्री आलिया भट्ट आजकाल मातृत्वको आनन्द लिइरहेकी छिन् । आलिया भट्टको डेलिभरी भएको करिब डेढ महिना लागेको छ । प्रसवपछि आलियाले आफ्नो फिटनेसमा धेरै ध्यान दिएको देखिन्छ । नायिका प्रायः जिम जाने गरेको देखिन्छ । अब आलिया भट्टले आफ्नो फिटनेसको रहस्य सेयर गरेकी छिन् ।

राहाको जन्मपछि आलिया भट्ट आफ्नो दैनिकीमा फर्किएकी छिन् । अभिनेत्रीले इन्स्टाग्राममा एक पोस्ट सेयर गरेकी छिन् । यो तस्विरमा आलिया एरियल योगा गरिरहेको देख्न सकिन्छ । प्रसवपछि आलियाले यस्तो कठिन योग गरेको देखेर फ्यानहरु छक्क परेका छन् । पोष्ट सेयर गर्दै आलियाले लेखेकी छिन्, ‘डेलीभरी भएको डेढ महिनापछि म बिस्तारै आफ्नो कोरसँग जोडिँदैछु । आज मैले अंशुका योगको पूर्ण मार्गदर्शनमा यो परीक्षण गरें।

सबै आमाहरूलाई जन्म पछि आफ्नो शरीर लाई सुन्न जरुरी छ भनिन्छ। तपाईंको शरीरले गर्न नदिने कुनै पनि काम नगर्नुहोस्। आलियाका प्रशिक्षकले उनको योगा गरेको भिडियो पनि सोसल मिडियामा सेयर गरेकि छिन् । आलिया भन्छिन्, ‘पहिले दुई हप्तासम्म मैले कसरतको क्रममा मात्र सास फेरेकी थिएँ । हिँडे। मेरो स्थिरता र सन्तुलन पुनस् प्राप्त भयो। आफ्नो समय लिनुहोस्। तपाईंको शरीरले गरेको कामको कदर गर्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here