झापा / झापा बिर्तामोड १ का ४० वर्षिय निराकार पाण्डे ‘विपिन’ ले विदेशी भूमिमा गरेको बा’ध्यात्मक र कठोर मृ’त्युवरणले अहिले उनको घरपरिवारलाई मात्र नभएर यतिबेला सबैलाई वि’क्षिप्त बनाएको छ ।

भ’यानक आग’लागी भइरहेको कम्बोडियाको एक क्यासिनोभित्र फसेका उनले अब नबाँ’च्ने ठानेर क्यासिनोको १२ तला माथिबाट हाम’फालेर मृ’त्युवरण गर्नुअघि घरपरिवारलाई दिएको मृ’त्युको सन्देश सुनेर भावुक र मर्माहत नहुने सायदै कोही होला ।

मृ’त्यु मानिसको बसभन्दा बाहिर हुन्छ । बुताभन्दा बाहिरको परिस्थितिमा मुस्कुराउँदै वा सुस्केरा हाल्दै मृ’त्यु स्वीकार गर्न विवश हुन्छ । त्यही विवशता बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकार स्वीकार्न बा’ध्य बने । र त, उनले क्यासिनोको त्यति माथिबाट हा’मफालेर मृ’त्युलाई आत्मसात गरे ।

क्यासिनोमा आ’गलागी हुनेबित्तिकै बुधवार राति साढे ११ बजे उनले घरपरिवारलाई खबर गरेका थिए । आ’गो द’न्किरहेको थियो , बाध्या’त्मक मृ’त्युवरण गर्न विवश उनी आफ्ना बुवा अग्निप्रसाद पाण्डे , आमा लीलादेवी पाण्डे , श्रीमती शशीकला लोहनी , छोरा आर्मनसहित परिवारका प्रायः सबै सदस्यहरुलाई आफ्नो मृ’त्युको सन्देश सुनाइरहेका थिए । राति साढे ११ बजेदेखि बिहान ४ बजेसम्म दाजु निराकारले आफूबाहेक परिवारका सबै सदस्यसंग कुराकानी गरेको भाइ निश्चल पाण्डेले बताए ।

जीवन बचाउन संघ’र्ष गरिरहेका निराकारले क्यासिनोको १२ तलाको एउटा कोठाको बाहिरपट्टीको झ्यालमा बसेर घरमा भिडियो कल गरिरहेको उनको परिवारजनले कल्पना समेत गरेका थिएनन् ।

‘जब दाजुको कल उहाँकी श्रीमती (भाउजू) शशीकलाले रिसिभ गर्नुभयो, उहाँ बसेको ठाउँको चारैतिर धुँवैधुँवा उडि’रहेको दृश्य थियो,’ निश्चलले भने, ‘दाजु अत्तालिएर रुँदै परिवारका सबै सदस्यहरूसँग पालैपालो कुराकानी गर्न थाल्नु भयो, उहाँको एउटै बोली थियो, अब म बाँ’च्दिनँ ।’

सगरमाथामा देशहरूका स्वार्थको टकराव पन्छाउँदै आफ्नै बलबुतामा यसको नयाँ उचाइ नापेर नेपालले आत्मनिर्भरताको सन्देश दिएको छ।

खिमलाल गौतम
२०७२ वैशाख १२ को भूकम्पले हजारौं संरचना भत्किए। सर्वोच्च शिखर सगरमाथा लगायत हिमाल पनि तेजले हल्लिए। अनुकम्पनले आधारशिविरमा सयौं हिमपहिरो खसे। पहिरोमा १८ जनाले ज्यान गुमाए भने सयौं जना घाइते भए।

भूकम्पपछि नापी विभागले दुई महीना अध्ययन गर्दै काठमाडौं उपत्यकाको भौगोलिक अवस्थितिमै परिवर्तन आएको तथ्य बाहिर ल्यायो। जीएनएसएस प्रविधिबाट गरिएको अध्ययनमा औसतमा उपत्यका ९२ सेन्टिमिटरले अग्लिएको तथा १४२ सेन्टिमिटरले दक्षिण पश्चिमतर्फ धकेलिएको पाइएको विभागको निष्कर्ष थियो।

भूगर्भविज्ञान अनुसार भूकम्पले सामान्यतया उचाइ घटाइदिन्छ। शायद, यसै आधारमा विदेशी भूवैज्ञानिकले विभिन्न अनुसन्धानात्मक आलेख पनि प्रकाशन गरेका थिए। अधिकांशको निष्कर्ष थियो- भूकम्पले सगरमाथाको उचाइ घटाइदिएको छ। सगरमाथाको देश भएकाले उचाइ सम्बन्धका आशङ्का निवारण गर्नु नेपालको कर्तव्य थियो। सरकारले विसं २०७३/७४ मा आफ्नै लगानी र जनशक्तिबाट सगरमाथाको उचाइ नाप्ने निधो गर्‍यो।

यसैबीच सर्भे अफ इन्डियाले सगरमाथा अर्थात् ‘पीक एक्स भी’ सर्वोच्च चुली रहेको कुरा पहिलो पटक आफैंले पत्ता लगाएको भन्दै नयाँ उचाइ समेत नेपालसँग मिलेर नाप्न चासो देखायो। तर, नापी विभागले आफ्नो चुली आफैं मापन गर्न सक्षम रहेको सन्देश दिँदै भारतको चासोलाई त्यत्तिकै टारिदियो। सन् २०१७ को जियोस्पासियल वर्ल्डमा एक समाचार आयो- ‘संयुक्त रूपमा सगरमाथाको उचाइ मापन गर्ने भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार’।

समाचारमा यसका पछाडि चिनियाँ दबाब समेत हुन सक्ने तर्क उठाइएको थियो। तर, नेपालले यो काममा भारत र चीन कसैलाई सहभागी नगराई आफ्नै स्रोतसाधनमा सम्पन्न गर्ने, आवश्यक परे अद्यावधिक तथ्याङ्कको सवालमा भने दुवै देशबाट सहयोग लिने जनाएको थियो।

तयारी र प्रक्रिया

विभागका तत्कालीन महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनको अग्रसरता लिए। विभागले २०७४ मंसीरबाट द्रुत गतिमा काम अघि बढायो। यसकै लागि तत्कालीन प्रमुख नापी अधिकृत सुशील डंगोलको संयोजकत्वमा ‘सगरमाथा उचाइ मापन सचिवालय’ बनाइएको थियो। मापनको सर्वस्वीकार्य विधि तय गर्न विभागले अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी समेत आयोजना गर्‍यो जसमा सगरमाथाका अघिल्ला मापनमा संलग्न व्यक्ति/संस्था एवं देशका प्राविधिक वैज्ञानिकहरूको उपस्थिति थियो।

भारत, चीन, अमेरिका, जापान, न्यूजिल्यान्ड, इटाली लगायत देशका विज्ञ प्रतिनिधिको सुझाव समेटेर मापन विधि निक्र्योल गरियो। विभागले स्थलगत कामदेखि ‘शिखर अवलोकन’, तथ्याङ्क प्रशोधनसम्मका काम छुट्याई विभिन्न प्राविधिक समिति बनाएको थियो। यस अन्तर्गत त्रिकोणमितीय, समतलन, भू-आकर्षण र जीपीएस सर्वेक्षण तथा शिखर अवलोकनका लागि टोलीहरू तयार पारिए।

सामान्यतया उचाइ मापन गर्दा मध्य समुद्री सतहलाई आधार मानिन्छ। तर, नेपाल भूपरिवेष्टित देश भएकाले पहिल्यैदेखि बंगालको खाडीको समुद्रलाई आधार बनाइँदै आएको थियो। भूकम्पले यसअघिका उचाइका आधारबिन्दुहरू (बेन्चमार्क)मा केही परिवर्तन ल्याइदिएकाले पनि त्यसको प्रमाणीकरणका लागि पुनः समुद्री सतहदेखिकै तथ्याङ्क चाहिन्थ्यो। यसमा भारतीय नापी विभागले सहयोग गर्‍यो। हामीले सिरहाको मार्डरमा मूल आधारबिन्दु स्थापना गरेर काम थाल्यौं।

विभागको टोली २०७६ जेठ ८ बिहान ३ देखि पौने पाँच बजेसम्म सगरमाथाको चुचुरोमै विभिन्न यन्त्र-उपकरण जडान गरी सबैभन्दा महत्त्वपूर्ण तथ्याङ्क जुटाउन सफल भयो जुन आफैमा जटिल काम थियो। जेठ ९ गते सगरमाथाको दोस्रो शिविरबाट टोली हेलिकोप्टरमा सोझै काठमाडौं फर्कियो। विभागले जेठ १० गते पत्रकार सम्मेलन गरी केही स्थलगत काम तथा तथ्याङ्क प्रशोधन बाहेक सगरमाथा उचाइ मापनको अधिकांश काम सम्पन्न भएको र ६ महीनाभित्र सार्वजनिक गर्ने जानकारी गरायो।

चिनियाँ चासो

सगरमाथाको उत्तरी भूभाग चीनमा पर्छ वा सगरमाथाको चुचुरो चीनसँगको अन्तराष्ट्रिय सीमारेखा सँगै पर्दछ। नेपालले आफ्नै सर्वेक्षकद्वारा स्पेस जियोडेसी प्रविधि मार्फत गरेको ‘शिखर अवलोकन’ को समाचार संसारभर फैलिएपछि चीनको पनि चासो बढ्यो। यसअघि २०३२ र २०६२ सालमा चाइनिज स्टेट ब्यूरो अफ सर्भेयिङ एन्ड म्यापिङले नेपालसँग समन्वय नै नगरी सगरमाथाको उचाइ नापेको थियो।

२०७६ असोज २५-२६ मा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भयो। त्यस क्रममा दुवै देशले फरक फरक सर्वेक्षण गरी जेजस्ता तथ्याङ्क जुटाएका भए पनि उचाइ घोषणा संयुक्त रूपमा गर्ने सम्झौतापत्रमा हस्ताक्षर भयो। लगत्तै २०७६ चैतबाट संसार नै कोभिड-१९ महामारीको चपेटामा पर्‍यो। नेपाल र चीन दुवैतर्फबाट सगरमाथा लगायत सबै हिमालको आरोहण स्थगन गरियो। त्यो अवस्थामा समेत चिनियाँ टोलीले २०७७ जेठ १४ गते सगरमाथा चुचुरोमा पुगेर अवलोकनको काम पूरा गर्‍यो। संयोग, त्यही दिन नापी विभागको ६३औं स्थापना दिवस थियो।

भारतीय चासो प्राविधिक तहमा थियो भने चिनियाँ चासो राजनीतिक रूपमै देखिएको थियो। विश्लेषकहरूका अनुसार, चीनसँग पनि जोडिएकाले सगरमाथाको उचाइ मापनको शुरूआती चरणमै भारतीय चासो टारिदिएको नेपालले चिनियाँ चासो भने नकार्न सकेन।

नेपालले सम्झौता अनुसार चिनियाँ सर्वेक्षणका लागि एक वर्ष पर्खियो। २०७७ मंसीर २३ गते दिउँसो ‘वेबिनार’ मार्फत दुवै देशका परराष्ट्र मन्त्रीले आआफ्ना राष्ट्रपतिको शुभकामना सन्देश सुनाए। त्यही क्रममा नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीले नयाँ सर्वेक्षण अनुसार सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर निर्धारण भएको घोषणा गरे।

सगरमाथा पहिलेभन्दा झण्डै एक मिटर अग्लिएको तथ्य सार्वजनिक हुँदा संसारभरका सञ्चार माध्यमले मुख्य समाचार बनाए। सोही साँझ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत ‘सगरमाथाको मात्र नभई समग्र नेपालीको उचाइ बढेको’ अभिव्यक्ति दिए।

८,८४८.८६ अर्थ र महत्त्व

हाम्रा हिमाल केवल हिउँका थुप्रा होइनन्, वैदिक कालगणना अनुसार, १२ करोड वर्षभन्दा पहिले बनेका अटल र स्थूल मोती हुन्। यी चट्टान र हिउँका डाँडा मात्र हैनन्, पृथ्वीको फेरिएको सबैभन्दा पछिल्लो आकृतिका प्रमाण समेत हुन्। मुख्य कुरा, हामी सम्पूर्ण नेपालीका पहिचान हुन्। यीमध्ये सर्वाधिक अग्लो हिमालको उचाइ आफ्नै बुताले मापन गर्नु आफैंमा ठूलो अवसर र सौभाग्य थियो। नेपालका सर्भे वैज्ञानिकले आफ्नै देशको गौरवपूर्ण आयोजनामा क्षमता र कौशल प्रयोग गर्ने अवसर पाउनुले पनि यो कार्यक्रमको महत्त्व दर्शाउँछ।

काठमाडौं र बेइजिङबाट भिडिओ कन्फरेन्स मार्फत संयुक्त रूपमा सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यी लगायत पदाधिकारी।
प्रविधिसँगै नापनक्शाका तरीका पनि परिवर्तन भइरहन्छन्। नयाँ परिशुद्ध प्रविधिसँगै उचाइको शुद्धता पनि सूक्ष्म हुँदै जान्छ। स्पेस जियोडेसीको प्रयोगबाट उचाइ मापन गर्न हामी आफैं सक्षम छौं भनेर विश्वलाई देखाउन सक्नु र त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउनु यो अभियानको महत्त्वपूर्ण पक्ष हो।

हिजो विभिन्न देशले गरेका उचाइ मापनमा पनि विरोधाभास थिए। देशहरूका स्वार्थको टकराव सागरदेखि सगरसम्म देखिँदै आएको छ। जस्तो- चीनले बनाएको ग्लोबमा सर्वाेच्च चुलीको उचाइ ८,८४४.४३ मिटर छ भने अमेरिकाले बनाएका नक्शा र अभिलेखहरूमा ८,८५० मिटर। हामीले पहिले मानिआएको उचाइ ८,८४८ मिटर पनि भारतको नापी विभागले मापन गरेको हो। तर, भूकम्पपछि उचाइमा केही न केही फरक परेको छ भन्नेबारे एकमत नै थियो।

हाम्रो सगरमाथाको उचाइ मापन गर्नुलाई अरू देशले आआफ्नो प्रतिष्ठाको विषय बनाए। यस्तोमा उनीहरू सबैलाई पन्छाएर आफ्नै बुताले सगरमाथा नाप्नु नापी विभाग मात्र नभई नेपालकै लागि चुनौती थियो। त्यसमा सफल भई हामीले देशकै प्रतिष्ठा कायम राख्न सक्यौं।

लामो समयदेखि जनजिब्रोमा झुन्डिएको सगरमाथाको उचाइ ८,८४८ मिटर फेरिइसके पनि त्यसलाई लोकजीवनमा ग्रहण गर्न पक्कै समय लाग्ला। यसका लागि सगरमाथा आधारशिविर जाने बाटोका विभिन्न स्थानमा स्थानीय सरकार र पर्यटन मन्त्रालयको पहलकदमीमा नयाँ उचाइ उल्लिखित शिलालेख र स्तम्भहरू बनाउन सकिन्छ। सञ्चारका अन्य माध्यमबाट पनि आवश्यकता अनुसार प्रचारप्रसारलाई जोड दिइरहनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here