ब्राजिलका महान फुबलर पेलेको मृत्यु भएको भन्दै नेपालमा बुधबार साँझ एकाएक श्रदाञ्जलीको ओइरो आउन थाल्यो । उनको मृत्यु नभएको भनेर आलोचना भएपछि धेरैले श्रदाञ्जलीको पोस्ट हटाए । थुप्रैले हटाएका छैनन् ।

यसैबीच पेलेकी छोरीले अस्पतालबाट एक सन्देश दिएकी छिन्।

पेलेकी छोरी केली नासिमेन्तोले बुधबार राति(नेपाली समय अनुसार) इनिस्टाग्राममा एक पोस्ट गरेकी छिन् । अल्बर्ट आइनइस्टाइन अस्पताल भन्दै तस्बिरसहित गरिएको पोस्टमा उनले पीडादायी क्षणको सन्देश दिएकी छिन्। ‘यो समयको वर्णन गर्न कठिन छ’ पोर्चुगिच भाषामा गरिएको पोस्टमा भनिएको छ’ कहिले धेरै दुखी र निराश हुन्छौँ । कहिले रमाइला यादहरूबारे कुरा गरेर हाँस्छौँ । यो सबैबाट हामी अरु के सिक्छौँ कि-हामी एक–अर्का समक्ष पुग्नु छ । एक–अर्कासँग नजिक रहनुछ।’

पेले उक्त अस्पतालमा नोभेम्बर २९ देखि उपचाररत छन् । ८२ वर्षीय पेलेको एकसातादेखि स्वास्थ्य गम्भीर बन्दै गएको भनिएको छ । उनका परिवारले अस्पतालमै आएर पेलेसँगै क्रिसमस मनाएका थिए।

केलीको पोस्ट पनि पेलेको अवस्वा गम्भीर रहेको संकेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here