एजेन्सी ;- बलिउड अभिनेता सुशान्त सिंह राजपुत आफ्नो बान्द्राको अपार्टमेन्टमा मृत फेला परेको दुई वर्षभन्दा बढी समयपछि मुम्बईको कूपर अस्पतालका शवगृह विभागका कर्मचारीले उनको मृ त्युमा शंका व्यक्त गरेका छन्।
अस्पतालका कर्मचारी रुपकुमार शाहले त्यस दिन काम गरिरहेको बेला अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थितिका कारण अस्पतालमा भिआइपीको शव ल्याएको थाहा पाएको आरोप लगाए।
‘शरीरबाट लुगा निकाल्ने बित्तिकै हामीले देख्यौं कि त्यो सुशान्त सिंह राजपूतको शरीर थियो।’ उनले भनेका छन्, ‘मसँग करिब २८ वर्षको अनुभव छ र
मैले उसको घाँटीमा दागसहित केही फरक फेला पारेपछि म मेरा वरिष्ठहरूसँग कुरा गर्न गएँ। उनीहरूले यस विषयमा पछि छलफल गर्ने बताएका थिए।’
‘उनको घाँटीमा लागेको दागले आ त्म ’ त्या गरेको जस्तो देखिँदैन, ह त्या भएको देखिन्छ । साथै उनको शरीरमा अन्य निशानहरू थिए र उनलाई कुटपिट गरेर भाँचिएको जस्तो देखिन्छ।’ डाक्टर शाहले थपे।
सुशान्त सिंह राजपुत १४ जुन २०२० मा आफ्नो बान्द्राको अपार्टमेन्टमा मृत फेला परेका थिए। त्यतिबेला उनले आत्म ‘त्या गरेको बताइएको थियो। आ त्मह ‘त्या दुरूत्साहनमा संलग्न भएको आरोपमा रिया चक्रवर्ती प्रहरी हिरासतमा समेत पुगेकी थिइन्।