अष्ट्रेलिया :- खाना सर्भ हुने ठाउँ जस्तै होटेल ,रेष्टुरेन्ट, क्याफे ,बेकरी ,क्याटरिंग कम्पनि आदिमा स्पेसल खाना पकाउने / तयार पार्ने र आकर्षित
तरिकाले पेश गर्ने पेशा किचन शेफ हो। अष्ट्रेलियामा हस्पिटालिटी क्षेत्रमा करियरको राम्रो अवसर रहेकाले पनि किचन सेफ प्रति अष्ट्रेलिया आउनेहरुको आकर्षण बढेको हुन्छ।
किचन शेफको काम तथा जिम्मेवारी :
१ – ग्राहकको अर्डर अनुसारको खाना तयार गर्ने र आकर्षक तरिकाले पेश गर्ने ।
२ – किचन स्टाफको सुपरभिजन गर्ने।
३ – बाँकी रहेको मासु तथा अन्य चिजको नयाँ मेनुको खानामा उपयोग गर्नु।
४ – मासु ,तरकारी , चिज ,फलफूल आकर्षक तरिकाले छिटो – छिटो काट्नु।
५ – किचनमा चाहिने सामानको सूची तयार पार्नु।
अष्ट्रेलियामा किचन शेफको तलब :
अष्ट्रेलियामा किचन शेफको औसत तलब प्रति घण्टा २८.६० अष्ट्रेलियन डलर रहेको छ। किचन शेफ सम्बन्धि एक वर्षभन्दा कम कामको अनुभव भएको व्यक्तिले टिप्स ,बोनस ,ओभर टाइम सबै गरेर धेरै डलर कमाउँछन।