काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रबी लामिछाने नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानु भएको छ । हिजो साँझ लामछिाने सहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि बालकोट पुग्नु भएको हो ।

बालकोट भेटमा रबीले के कसरी सरकारका काम अघि बढाउनु उचित होला भनेर अध्यक्ष ओलीसँग जिज्ञासा राख्नु भएको थियो । अध्यक्ष ओलीले ‘तपाईंले विगतमा सञ्चार माध्यम मार्फत उठाएका प्रश्नको जनताले सिधा उत्तर पाउने गरी काम गर्न’ आग्रह गर्नुभएको बालकोट स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष ओलीले हिजोको भूमिका प्रश्न गर्ने र आजको भूमिका उत्तर दिने भएकोले आफ्नो भूमिका र पोजिसनलाई ख्याल गरेर अघि बढ्नु राम्रो हुने सुझाव दिनु भएको थियो । अध्यक्ष ओलीले आफू २०५१ सालमा गृहमन्त्री भएको स्मरण गराउँदै आफ्नो नौ महिने कार्यकाल जनताले अझै सम्झने गरेको बताउनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेसँग सरकारलाई पूर्णता दिने,मन्त्रालयको भागवण्डा र सरकारका न्यूनतम साझा कार्यक्रमको अवधारणा आदि विषयहरुमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here