काठमाडौं । बलिउड सुपरस्टार सलमान खान आज ५७ औं जन्मदिन मनाउँदैछन् । बर्थडे मनाउन गएराति उनले मुम्बईमा ग्राण्ड पार्टीको आयोजना गरे, जहाँ बलिउड सेलिब्रिटी उपस्थित थिए ।

शाहरुख खान पनि पार्टीमा उपस्थित भए । सलमानलाई उनले कसिलो अँगालोमा बाँधे र शुभकामना दिए । कालो पहिरनमा यी दुवै जना स्टार ह्यान्डसम देखिएका थिए ।

सलमानले जमघटमा पूर्वप्रेमिका संगीता बिलजानीलाई चुम्बन गरेको दृश्य भाइरल बनिरहेको छ । संगीता पनि बर्थडे पार्टीमा उपस्थित थिइन् । सन् ९० को दशकमा संगीता र सलमानबीच इन्गेजमेन्ट भए पनि केही समयपछि तोडिएको थियो । त्यसयता उनीहरु मिल्ने साथी बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here